सर्लाही निर्वाचन क्षेत्र नम्बर १ को मतगणना अहिले २ बजेबाट सुरु हुने

लालबन्दी : सर्लाही निर्वाचन क्षेत्र नम्बर १ को मतगणना अहिले २ बजेबाट सुरु हुने भएको छ । मध्यान्ह सक्किएको सर्बदलिय बैठकले २ बजेपछि मतगणना सुरु गर्ने निर्णय गरेको निर्वाचन अधिकृत प्रदिप कुमार उपाध्यायले जानकारी दिनुभयो ।

बिहानै बस्ने भनिएको सर्वदलिय बैठक उम्मेदवार र प्रतिनिधि भेला हुन समय लागेपछि करिव १० बजेबाट सुरु भएको थियो । बैठकमा सहभागी भएपछि लालबन्दी पोस्टसँग प्रतिकृया दिँदै प्रतिनिधिसभा सदस्य उम्मेदवार बैकुण्ठ सापकोटाले २ बजेपछि वडावाईज मतगणना गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । किन ढिलो भयो त मतगणना भन्ने हाम्रो प्रश्नमा उम्मेदवार सापकोटाले निर्वाचन अधिकारीका कारण अलि ढिलो भएको जस्तो आफुलाई लागेको प्रतिकृया दिनुभयो ।

उता क्षेत्र नम्बर २ को मत गणना पनि साँडे २ बजेबाट सुरु गर्ने निर्णय सर्वदलिय बैठकले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

आज देशैभरि पानी पर्ने

आज देशैभरि पानी पर्ने

२०८० असार १२, मंगलवार ०६:३६ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते