लालबन्दी : सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ को १ र २ को नतिजा सार्वजनिक भएको छ । बुधवार अबेर सार्वजनिक मत परिणाम अनुसार प्रदेशसभाको १ नम्बर बाट नेपाली कांग्रेसका नेता एवं सोहि क्षेत्रका निवर्तमान सांसद बिरेन्द्र सिंह पुनः निर्वाचित भएका छन ।
सार्वजनिक अन्तिम मतपरिणाम अनुसार सिंहले १५ हजार ६९३ मत प्राप्त गरेका छन । उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार रामबाबु रायले १४ हजार ६१६ मत प्राप्त गरेका छन ।
त्यसैगरि प्रदेशसभा २ मा माओवादी केन्द्रका उम्मेदवार फकिरा महतो विजयी भएका छन । उनले ८ हजार ०३३ मत पाएका छन । महतोका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार अनिता देवी यादवले ७ हजार ६७६ मत प्राप्त गरिन ।
महतोले यादवलाई ३५७ मतको अन्तरले पराजित गर्दै मधेस प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन ।