आपतकालिन उद्धार कार्यमा सेनाकै भर

क्षितिज विश्वकर्मा, सर्लाही । बाढी पहिरो तथा आगलागीबाट प्रभावित स्थानहरूमा नेपाली सेनाले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको छ । देशका विभिन्न स्थानमा परिचालित सेनाको फौजले उद्धार गरिरहेको नेपाली सेनाले जनायो ।

सेनाको उद्धार टोलीले मार्तडी–कोल्टी सडकखण्ड अन्तर्गत बाजुरा जिल्ला, बडिमालिका नगरपालिका–७ जिल्लास्थित पहिरोका कारण अवरुद्ध सडकखण्डमा सडकको पहिरो पन्छाई पैदलयात्रीलाई आवतजावत गर्न बाटो सुचारु गरेको छ ।

यस्तै मकवानपुर जिल्ला, भीमफेदी गाउँपालिका–८ गंगाटेस्थित बागमती खोलाको खोचमा फेला परेको शवलाई खोचबाट निकाली प्रहरीलाई बुझाइएको छ ।

उद्धारमा सक्रिय सेनाको टोली । तस्बिर : जङ्गी अड्डा

सेनाले भदौ १ गते बैतडी जिल्ला दशरथचन्द नगरपालिका वडा नं. ४, शाहीलेकस्थित समृद्धि सुनचाँदी पसल र धनुषा जिल्ला, क्षिरेश्वरनाथ नपा–१० हारसरमा रहेको परालको कुन्यूमा भएको आगलागीले नजिकैको घरहरूमा समेत क्षति पु¥याउने देखिएकोले अन्य सुरक्षा निकायहरू तथा स्थानीयको सहयोगमा नियन्त्रण गरेको छ ।

यस्तै सेनाको अगुवाइमा मुसिकोट नगरपालिका–२, रातामाटा (रुकुम पश्चिम) मा पहिरो गई स्थानीयको घरहरूमा क्षति पुग्ने देखिएकोले पहिरो तथा रुख हटाउने कार्य पनि गरिएको छ ।

गएको श्रावण अन्तिममा सर्लाहीमा आएको बाढि तथा डुबानमा पनि सेनाको टोली उद्धार कार्यमा अग्रस्थानमा खटिएर धेरैको ज्यान जोगाउन सफल भएको थियो भने बाँध तथा पुल मर्मत र स्थानियलाई आवत जावत गराउने कार्यमा समेत सेनाले प्रशंसनिय कार्य गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

छुटाउनुभयो कि ?

आज फागुन १२ गते, शुक्रवारको दैनिक राशिफल

आज फागुन १२ गते, शुक्रवारको दैनिक राशिफल

२०७९ फाल्गुन १२, शुक्रबार ०६:१७ गते
ल्याण्डमार्कले दियाे खेलाडीहरुलाई जर्सि

ल्याण्डमार्कले दियाे खेलाडीहरुलाई जर्सि

२०८० मंसिर १५, शुक्रबार २१:०२ गते
गजल ‘तिम्रा सारा कसुरहरु माफ भयो’

गजल ‘तिम्रा सारा कसुरहरु माफ भयो’

२०७९ चैत्र ३, शुक्रबार १२:१५ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते