गठबन्धन सरकार स्वार्थका लागि बनेको हो– एकालाल श्रेष्ठ

हेटौंडा । नेकपा (एमाले) मकवानपुरका अध्यक्ष एबम मकवानपुर क्षेत्र नम्बर १ (ख) का उम्मेद्बार एकालाल श्रेष्ठले देशको हित भन्दा पनि स्वार्थका लागि काङ्ग्रेस नेतृत्वको गठबन्धन सरकार बनेको बताउनुभएको छ ।

हेटौंडा ९ मा आयोजित वडास्तरीय बिस्तारीत बैठकलाई सम्बोधन गर्दै उहाँले आफु बागमती प्रदेशका संस्थापक मुख्यमन्त्री डोरमणि पौडेलको उत्ताराधिकारी भएर काम गर्ने बताउनुभयो । उहाँले गठबन्धनल संविधान र लोकतन्त्र दाउमा राखेको बताउनुभयो । गठबन्धनले देशलाई स्थिरता भन्दा अस्थिरता तर्फ लिएर जाने उहाँको भनाई थियो ।

जनताको बलमा प्राप्त उपलब्धिलाई जोगाउँदै मुलुकलाई स्थिरतातर्फ लैजाने पवित्र उद्देश्यमा एमाले बिजयी बन्नु अनिवार्य रहेको उहाँले बताउनुभयो ।
संविधानको कार्यान्वयन, सुखी नेपाली र समृद्ध नेपाल नारालाई पूरा गर्न एमाले डटेर लागेको पनि उहाँको भनाई थियो । अहिले एमालेले थालेका बिकास निर्माणलाई निरन्तरता दिन पनि एमालेको जित आवश्यक रहेको प्रष्ट पार्नुभयो । केपी ओली नेतृत्वको सरकारले सुरु गरेका राम्रा काम गठबन्धनले रोकेको भन्दै त्यसलाई एमाले सरकार आए मात्र पूरा हुने बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेशका संस्थापक मुख्यमन्त्री डोरमणि पौडेल, राप्रपा नेपालका अध्यक्ष तथा मकवानपुर–१ का एमाले उम्मेदवार कमल थापा, एमाले बागमती प्रदेश कमिटीका सदस्य रघुनाथ खुलाल, राष्ट्रियसभाका सदस्य रामचन्द्र राई, प्रदेश कमिटीका सदस्य अर्जुन अर्याल, रामचन्द्र अर्याल, निर्वाचन परिचालन समिति वडा नम्बर–९ का संयोजक नरेन्द्र भण्डारी लगायतकाको आतिथ्यता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते