गौहत्याको बिरोधमा लालबन्दीमा राप्रापाकाे राँके जुलुस

क्षितिज विश्वकर्मा, लालबन्दी । सर्लाहीको लालबन्दीमा सोमबार साँझ राप्रपा लालबन्दीले राँके जुलुस प्रदर्शन गरेको छ ।

पार्टीको नगर जिल्ला अध्यक्ष सत्य नारायण यादवको नेतृत्वको समुहले वडा नम्बर ६ स्थित जनवादी चोकबाट पश्चिमतर्फ राँको बालेर अगाडि बढेको थियो । देशकोे राष्ट्रिय जनावर गाई एवं हिन्दु सनातनीको गौमाता आस्थालाई हत्या गर्न पाईंदैन, पुर्वमा भएको अवैधानिक कृयाकलापमा संलग्नहरुलाई कडा भन्दा कडा कारवाहि गरियोस भनेर राप्रपा लालबन्दीले राँके जुलुस प्रदर्शन गरेको प्रजातान्त्रीक महिला संगठनको केन्द्रिय सदस्य संगीता खतिवडा/दाहालले जानकारी दिनुभयो ।

जनवादी चोकबाट पश्चिम राँको बालेर अगाडि बढेको जुलुसलाई प्रहरीले रोकेपछि कुमारी बैंक अगाडि पुगरे कोणसभामा परिणत भएको थियो । कोणसभाका बक्ताहरुले धरानमा भएको कुकृत्यमा संलग्नहरुलाई अबिलम्व कारवाहि गर्नुपर्ने धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते