अनेरास्ववियु मधेश प्रदेश कमिटि अध्यक्षमा ‘शिवहरी’को दाबि

लालबन्दी । नेकपा एमाले निकट बिद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को शनिवार बर्दिवासमा हुने प्रदेश अधिवेशनमा आफु प्रदेश अध्यक्षको दाबेदार रहेको कुल प्रसाद गौतम (शिवहरी) ले बताएका छन ।

महोत्तरीको बर्दिवासस्थित दिपक पार्टी प्यालेसमा अनेरास्ववियुको प्रदेश अधिवेशन हुँदै छ । २०६५ सालबाट बिद्यार्थी राजनितिमा होमिएका शिवहरी ०६६ सालमै क्याम्पस कमिटि अध्यक्ष बनेका थिए । ०६९ मा निर्वाचन क्षेत्र नम्बर १ को अध्यक्ष, जिल्ला सचिव, ०७३ मा जनज्योती बहुमुखि क्याम्सको स्ववियु सभापति हुँदै अनेरास्ववियुको केन्द्रिय सदस्य बनेका गौतम विद्यार्थीमाझ लोकप्रिय ब्यक्ति हुन ।

पार्टीमा राम्रै दबदबा राख्न सफल गौतम केहि समय अघि मात्रै लालबन्दी नगर कमिटिका सचिवसमेत चुनिएका छन । मधेश प्रदेशका ८ जिल्लाबाट चुनिएर आउने प्रतिनिधिले आफुलाई प्रदेश अध्यक्ष चयन गर्नेमा आफु ढुक्क रहेको गौतमको दाबि छ ।

अनेरास्ववियुको केन्द्रिय अध्यक्ष समिक बडालको प्रमुख आतिथ्यमा अधिवेशन हुने प्रदेश अध्यक्ष त्रीलोक बिक्रम साहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
2
+1
1
+1
0

छुटाउनुभयो कि ?

धरान पुगेर वृक्षरोपण गरे प्रचण्डले

धरान पुगेर वृक्षरोपण गरे प्रचण्डले

२०७९ भाद्र १०, शुक्रबार १०:१६ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते