बागमती साकोसको पाँचौ बार्षिक साधारण सभा सम्पन्न, साँढे २४ लाख मुनाफा

बागमती । सर्लाहीको बागमतीमा रहेको बागमती सहकारी संस्थाको पाँचौ बार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रवार बागमती नगरपालिका–४, जिरायतमा संस्थाले एक कार्यक्रमका विच पाँचौ बार्षिक साधारण सभा सम्पन्न गरेकोे हो । सभाको मधेश प्रदेश सभाका सदस्य जवाहरलाल कुशवाहले उद्घाटन गरेका संस्थाका अध्यक्ष बाशु खड्काले जानकारी दिए ।

संस्थाले बार्षिक साधारण सभाको अवसरमा उत्कृष्ठ ऋणी, उत्कृष्ठ बचत कर्ता, उत्कृष्ठ बाल बचत शिर्षकमा शेयर सदस्यहरुलाई सम्मान गरेको थियो ।

संस्थाले आर्थिक बर्ष २०७९/८० मा १२ करोड ९ लाख ४९ हजार एक सय २२ रुपैया बराबरको कुल कारोवार गरेको आर्थिक प्रतिवेदन ब्यवस्थापक देवकृष्ण खड्काले सभा समक्ष पेस गरे । कुल कारोबारबाट संस्थाले २४ लाख ४२ हजार ५ सय १७ रुपैया खुद मुनाफा गरेको ब्यवस्थापक खड्काले जानकारी दिए । मुनाफाबाट संस्थाले १० प्रतिशतका दरले शेयर लाभांस वितरण गर्ने समेत निर्णय गरेको छ ।

सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका प्रदेश सभा सदस्य कुहवाहले दैनिक बचत गरेर आर्थिक उपार्जन गर्न आग्रह गरे । वित्तिय ज्ञान हासिल गर्नु आजको अपरिहार्यता रहेको भन्दै उन्ले सहकारीहरुले बित्तिय साक्षरतालाई ध्यान दिनुपर्नेमा जोड दिए । यस्ता बित्तिय कारोवार गर्ने संस्थाहरुले आयोजनागर्ने बार्षिक साधारण सभालाई भत्ता लिने दिनको रुपमा मात्र बुझनु दुर्भाग्य भएको अर्का बक्ता हरि पुडासैनीको भनाई थियो ।

यस्ता सभाहरुमा संस्थाहरुले आफ्ना शेयर सदस्यहरुलाई बित्तिय साक्षरता सम्बन्धी प्रशिक्षण प्रदान गरेर मनाउनु पर्नेमा उहाँको जोड थियो । सहकारी संस्थाहरु तथा तिनमा आवद्ध शेयर सदस्यले आफ्नो लगानी प्रति जिम्मेवार र जानकार हुन नसकेका बागमती नगर शिक्षा शाखा संयोजक राज कुमार बिश्वकर्माको भनाई छ । संस्था जोगाउने अभिभारा शेयर सदस्यमा निहित रहेकाले होहल्लाको पछि लागेर संस्थाप्रति बेईमानी गर्नु आफैमा बेईमानी गरे सरह रहेको उन्ले बताए ।

कार्यक्रममा आमजनता पार्टीका केन्द्रिय सदस्य दिपक कुमार राणाभाट, बागमती नगरपालिका–४, का वडाध्यक्ष कृष्ण बहादुर लामा, राष्ट्रिय सहकारी बैकका नजारायण लामिछाने, नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघका बिवेक खड्का, जनता माध्यमिक बिध्यालयका बिध्यालय ब्यवस्थापन समितिका अध्यक्ष कुमार तुम्सिङ, कर्मैया खानेपानी तथा सरसफाई उपभोक्ता समिति अध्यक्ष हरिराम काफ्ले लगाएतको आतिथ्यता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

गजल – उस्तै लाग्छ

गजल – उस्तै लाग्छ

२०७९ कार्तिक २९, मंगलवार १३:२८ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते