युरोपा लिगको नकआउट प्लेअफमा म्यानचेस्टर युनाइटेड र बार्सिलोना भिड्ने

२१ कात्तिक, काठमाडौं । इंग्लिस टोली म्यानचेस्टर युनाइटेड र स्पेनको बार्सिलोना युरोपा लिगको नकआउट प्लेअफमै आमने सामने हुने भएका छन् । युरोपा लिगको आआफ्नो समूहमा उपविजेता भएका ८ टिम र च्याम्पियन्स लिगको समूहमा तेस्रो हुँदै बाहिरिएका ८ टिमबीच नकआउट प्लेअफ हुनेछ ।

जोसे माउरिन्हो प्रशिक्षिक इटलीको रोमा र अस्ट्रियाको एफसी साल्सवर्ग तथा इटलीको युभेन्टस र फ्रान्सको नान्टेसबीच प्लेअफ चरणमा भेट हुनेछ ।त्यस्तै स्पोटिङ लिस्वन र मिड्जील्याण्ड, शख्तर डोनेस्क र रेन्नेस, आयाक्स र युनियन बर्लिन, बायर लिभरकसेन र मोनाको तथा सेभिया र इन्डहोवेनबीच प्रतिस्पर्धा हुनेछ । प्लेअफको पहिलो लेग १६ फेब्रुअरी तथा दोस्रो लेग २३ फेब्रुअरीमा हुनेछ । विजेता टिम युरोपा लिगको अन्तिम १६ मा प्रवेश गर्नेछ । जहाँ उनीहरुले समूह चरणमा शीर्ष स्थानमा रहेका टोलीहरुसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

६ महिनामै झन्डै ५९ अर्ब रुपैयाँ बाहिरियो

६ महिनामै झन्डै ५९ अर्ब रुपैयाँ बाहिरियो

२०८० माघ २५, बिहीबार १६:३१ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते