नेकपा एसका नेता उप्रेति आफ्ना कार्यकर्तासहित एमालेमा फर्किए

हरिवन, साउन २० : नेकपा एकिकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य डिल्ली उप्रेति शनिवार औपचारीक रुपमा एमालेमै फर्किएका छन । केहि दिन अघि काठमाण्डौँ पुगेर एमाले अध्यक्ष केपि शर्मा ओलीसँग भेट गरेका उप्रेति सर्लाहीको हरिवनमा आयोजित एक कार्यक्रम विच एमालेमै फर्किएका हुन ।

पार्टीका केन्द्रीय सचिव एवं मधेश प्रदेश ईन्चार्ज योगेश भट्टराईले डिल्ली उप्रेती सहितका नेता, कार्यकर्तालाई खादा र अविर लगाएर एमालेमा भित्र्याएका हुन । कार्यक्रममा बोल्दै भट्टराईले पार्टी प्रबेश गर्ने सबै नेता कार्यकर्तालाई सात दिन भित्र जिम्मेवारी दिन जिल्ला अध्यक्ष राज नारायण साहलाई निर्देशन समेत दिए । पुर्व प्रदेश सभा सदस्यसमेत रहेका उप्रेति एमालेमा रहँदा जिल्ला पार्टी संयोजक सम्म भएका नेता हुन ।

क्mार्यक्रममा वोल्दै उप्रेतीले एकीकृत समाजवादीको नीति र सिद्धान्त कम्युनिष्ट आन्दोलन विरोधी, कार्यकर्तालाई दिंग्भ्रमित वनाउने र गन्तव्य विहिन भएको देखिएपछि आफु सहितका साथीहरु नेकपा एमालेमा नै फर्कने निर्णयमा पुगेको बताएका थिए ।

उप्रेतीसँगै नेकपा एकिकृत समाजवादीका प्रदेश कमिटी सदस्य, जिल्ला कमिटी सदस्य, विभिन्न जनवर्गीय संगठन र स्थानीय नेता कार्यकर्ताहरु एमालेमा समाहित भएका एमाले नेता चुडामणि वाग्लेले जानकारी दिनुभयो । प्रदेश कमिटी सदस्य खड्ग वहादुर उप्रेती, कृष्ण कुमार श्रेष्ठ, हुद्धराज उप्रेती, जिल्ला उपसचिव उत्तर कुमार मैनाली सहितका नेताहरु पार्टीमा फर्किएका हुन ।

एमाले सर्लाहीका अध्यक्ष राजनारायण साहको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला इन्चार्ज ज्वाला कुमारी साह, पोलिट्व्युरो सदस्य सुमन प्याकुरेल, केन्द्रीय सदस्य कल्पना कटुवाल एवं कमलादेवी महतो, प्रदेश उपाध्याक्ष रेबती पन्त, पुर्व नगर प्रमुख गणेश प्रसाई, जिल्ला उपाध्याक्ष विदुर कुमार प्याकुरेल लगायतले मन्तव्य राखेका थिए ।

उप्रेतीको एमाले प्रवेशले हरिवन क्षेत्रका एमाले कार्यकर्ताहरु उत्साहित भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते