८४ पुगेका बृद्धले जन्मदिनमा बृद्धाश्रममा गरे खाद्यान्न सहयोग

  • प्रेमनाथ पौडेल, लालबन्दी ।

सर्लाहीको लालबन्दी २ जुटपानीमा रहेको पद्म भुवनेश्वरी नमुना बृद्धाश्रममा एक ८४ बर्षका बृद्धले नगदसहित खाद्य सामाग्री सहयोग गर्नुभएको छ । वडा नम्बर १ नवलपुर घर भएका बृद्ध हित बहादुर बस्नेतले आश्रममा खाद्यान्न सहयोग गर्नुभएको हो ।

बस्नेतले आफ्नो जन्मदिनमा छोरा बुहारी, नातीसहित पुगेर बृद्धाश्रममा नगद र चामल, दाल, तेल, नुन, आलु, प्याज, चिनि, चियापति, बिस्कुट लगायतका खाद्य सामाग्री प्रदान गर्नु भएको आश्रमकि व्यबस्थापक भवानि कोईरालाले जानकारी दिनुभयो । बृद्ध बस्नेतले आफुले आफ्नो सामाजिक सुरक्षा भत्ताको रकमबाट आश्रममा आश्रीत ५६ जनाको लागी केहि नगद र खाद्यान्न प्रदान गरेका उनका जेठो छोरा कबिर बस्नेतले बताउनुभयो ।

अर्को पटकको भत्ताले अनाथ बालबालीकाको लागी सहयोग गर्ने ईच्छा रहेको बताउँदै बृद्ध बस्नेतले दिन दुखिको सेवा र मद्धत गर्न पाउँदा सारै खुसि लागेको प्रतिकृया दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

फागुन २९ गते सोमवारको दैनिक राशिफल

फागुन २९ गते सोमवारको दैनिक राशिफल

२०७९ फाल्गुन २९, सोमबार ०६:३४ गते
लालबन्दी नगरपालिकामा आज बिदा

लालबन्दी नगरपालिकामा आज बिदा

२०७९ पुष १७, आईतवार १२:३६ गते
विश्व शान्तिदूत प्रेम रावत

विश्व शान्तिदूत प्रेम रावत

२०७९ मंसिर २४, शनिबार ०९:२४ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते