रौतहटमा श्रीमतीको हत्यापछि आत्महत्या प्रयास

रौतहट : रौतहटमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । बृन्दावन नगरपालिका-१ बलेरी टोल ४० वर्षीय तीर्थ वाइबाले श्रीमती सोती माया वाइबाको हँसियाले घाँटी रेटेर हत्या गरेका हुन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

श्रीमतीको हत्या गरेर वाइबाले धारिलो हतियारले आत्महत्याको प्रयाससमेत गरेको प्रत्यक्षदर्शीले बताएका छन् । स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरीले घाइते अवस्थामा भेटिएका वाइबाको उद्धार गरी अस्पताल लगेको थियो।

उनलाई चन्द्रपुरमा उपचारको लागि पठाएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डीएसपी एलिजा गिरीले जानकारी दिइन् । बागमतीको बगरमा घाँस काट्न गएका उनीहरूबीच विवाद भएको थियो ।

प्रहरीले घटनाको विस्तृत अनुसन्धान सुरू गरेको जनाएकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया