लालबन्दीमा संचालीत ५ दिने महिला लक्षित उद्घोषण तालीम सम्पन्न

लालबन्दी : सर्लाहीको लालबन्दीमा मेची महाकाली बुहारी संयुक्त आवाजले आयोजना गरेको महिला लक्षित उद्घोषण तालीमको मंगलबार प्रमाणपत्र वितरण गर्दैै समापन गरिएको छ ।

मेची महाकाली बुहारी संयुक्त आवाजकी सर्लाही जिल्ला संयोजक सानु पाख्रिनको अध्यक्षता तथा लालबन्दी नगर उपप्रमुख कल्पनामाया पाख्रिनको प्रमुख आतिथ्यतामा तालीमको समापन गरिएको हो । लालबन्दी नगरपालिकाको आर्थीक सहयोग तथा मेची महाकाली बुहारी संयुक्त आवाजको आयोजनामा भएको तालीम ५ दिनसम्म चलेको थियो ।

लालबन्दी नगरप्रमुख वासुदेब अधिकारीले गएको बैशाख ३० गत्ते उद्घाटन गर्नुभएको तालीममा मेची महाकाली बुहारी संयुक्त आवाजका सदस्य तथा अन्य केहिको सहभागीता रहेको थियो । तालिममा मकवानपुरबाट आएका प्रशिक्षक नवराज खनाल र पत्रकार क्षितिज विश्वकर्माले सहभागीहरुलाई मञ्चीय उद्घोषण र भाषण कलाका बिषयमा प्रशिक्षण दिनुभएको थियो । तालिम समापन कार्यक्रममा आफ्नो भनाई राख्दै प्रशिक्षार्थीहरुले आफुहरुले तालिमबाट धेरै कुरा सिक्ने अवशर पाएको बताएका थिए ।

कार्यक्रममा आफ्नो भनाई राख्दै प्रशिक्षार्थी रेणुका खड्काले आफुले तालिमबाट बोल्ने, सम्बोधन गर्ने र मञ्चमा पुगेपछि गर्नुहुने र नहुने कुराहरु सिकेको बताउनुभयो । त्यसैगरि अर्का सहभागी सुरेश श्रेष्ठले आफुले अतिथीहरुलाई कसरी क्रमसंगत ढंगबाट मञ्चमा आसन ग्रहण गराउने र कस्लाई, कतिबेला मन्तब्य राख्न बोलाउने भन्ने महत्वपुर्ण कुरा जानेको भनाई राख्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रशिक्षक क्षितिज विश्वकर्माले आफुहरुले सहभागीलाई बोल्न नभई बोल्ने तरीका र शैलिको बारेमा जानकारी गराएको बताउनुभएको थियो । उहाँले ५ दिनको कार्यक्रममा धेरै कुराको जानकारी गराउन सम्भव नभएपनि मञ्चीय उद्घोषण तथा भाषणकलाको बारेमा धेरै कुरा सिकाएको बताउनुभयो । त्यस्तै अर्का प्रशिक्षक नवराज खनालले यहाँका महिला दिदि बहिनीहरुको उत्साह र जोस देखेर आफु दंग परेको बताउनुभयो । उहाँले ५ दिनको कार्यक्रममा सिकेका कुरालाई साँच्चिकै ब्यवहारमा देखाउनका लागी धेरै भन्दा धेरै अभ्यास गर्नु जरुरी रहेको बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गदै कार्यक्रमका अतिथी एवं लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तारानाथ लुँईंटेलले सहभागीहरुले ५ दिनमा धेरै कुरा सिकेको आफुले अनुभव गरेको भताउनुभयो । उहाँले बोल्ने मात्रै नभई मिठो बोल्ने र कसरी शालिन, सभ्य र सहि तरीकाले बोल्ने भन्ने कुरामा पनि सहभागीले ख्याल गर्नुपर्ने बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथी एवं लालबन्दी नगरपालिकाकी उपप्रमुख कल्पनामाया पाख्रिनले महिलाहरुले आयोजना गरेको कार्यक्रम धेरै नै राम्रो भएको र आगामि दिनमा पनि नगरपालिकाको तर्फबाट यस्ता कार्यक्रमलाई सहयोग गर्ने आफ्नो चाहना रहेको बताउनुभएको थियो ।

मेची महाकाली बुहारी संयुक्त आवाजकी मधेश प्रदेश सह–संयोजक रमा काफ्लेले संयोजन गर्नुभएको तालीमको समापन कार्यक्रम तालीमकी सहभागी रिता ब्लोनले संचालन गर्नुभएको थियो भने बर्षा लामाले स्वागत मन्तब्य राख्नुभएको थियो ।

तालिममा सहभागीमध्ये उत्कृष्ट ५ जनालाई सम्मानपत्रसहित हौसला समेत प्रदान गरिएको मेची महाकाली बुहारी संयुक्त आवाजकी सर्लाही जिल्ला सचिव अम्बिका राउतले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

सर्लाहीमा ४ राउण्ड गोलीसहित २ जना पक्राउ

सर्लाहीमा ४ राउण्ड गोलीसहित २ जना पक्राउ

२०८० फाल्गुन २७, आईतवार १९:२४ गते
पूर्वमन्त्री आलमसहित चार जना लाई जन्मकैद

पूर्वमन्त्री आलमसहित चार जना लाई जन्मकैद

२०८१ बैशाख १३, बिहीबार २२:०१ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते