नेपाली सेनाको समन्वयमा शान्ति स्थापनामा प्रविधिका लागि सहकार्यसम्बन्धी गोष्ठी हुँदै

शान्ति स्थापना कार्यमा प्रविधिका लागि सहकार्य अन्तर्राष्ट्रिय संगोष्ठी (पीटीपीएस] हुने भएको छ । रक्षा मन्त्रालयको अगुवाइ तथा नेपाली सेनाको समन्वयमा पीटीपीएसको सातौं संस्करण नेपालमा सञ्चालन हुने भएको हो ।

शान्ति स्थापना कार्यमा डिजिटल प्रविधिको प्रयोगको सम्भाव्यता विकास गर्ने तथा नवीनतम प्रविधिहरूको प्रयोग गर्ने उद्देश्यले गोष्ठीको आयोजना गरिएको हो । गोष्ठी सञ्चालन संयुक्त राष्ट्रसंघ सचिवालयअन्तर्गतका परिचालन समर्थन विभाग ९डीओएस० र सूचना तथा सञ्चार प्रविधि कार्यालय (ओआईसीटी] ले गर्नेछ । विश्वमा भइरहेको सूचना प्रविधिको तीव्रतम विकास र बदलिँदो सुरक्षा परिस्थितिअनुसार शान्ति कार्य मिसनमा प्रयोग भइरहेका प्रविधिहरू, चुनौती एवं सर्वोत्कृष्ट अभ्यासहरूका बारेमा सदस्य राष्ट्रहरूबीच अनुभव आदानप्रदान गर्ने हेतुले कार्यक्रम आयोजना गरिएको सेनाले जनाएको छ ।कार्यक्रममा नेपालका तर्फबाट रक्षा, गृह, परराष्ट्र, सञ्चार तथा सूचना प्रविधि र अर्थ मन्त्रालयका प्रतिनिधिहरूको सहभागिता रहनेछ । सेनाकाअनुसार गोष्ठीमा संयुक्त राष्ट्रसंघ मुख्यालयबाट परिचालन समर्थन विभागका उपमहासचिव जनरल अतुल खरे, सूचना तथा सञ्चार प्रविधि कार्यालयका सहायक महासचिव, मानवीय संसाधनका सहायक महासचिव, संयुक्त राष्ट्रसंघको विच्छेदन बलका फोर्स कमान्डरलगायत विभिन्न ११ वटा शान्ति मिसनका प्रतिनिधिहरू, संयुक्त राष्ट्रसंघका ५१ वटा सदस्य राष्ट्रका प्रतिनिधिहरू, विभिन्न विषय विज्ञहरुसहित २ सय ३० जनाको सहभागिता रहने छ ।

शान्ति स्थापना कार्यमा प्रविधिका लागि सहकार्य कार्यक्रम संयुक्त राष्ट्रसंघले पहिलोपटक सन् २०१४ मा इटालीमा आयोजना गरेको थियो । गोष्ठी यही जेठ ३० गतेदेखि असार १ गतेसम्म सञ्चालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

मानव बेचबिखनको आरोपमा एक प्रहरी जवान पक्राउ

मानव बेचबिखनको आरोपमा एक प्रहरी जवान पक्राउ

२०८० कार्तिक १४, मंगलवार ०९:५८ गते
गजल – देश बेच्नुपर्छ

गजल – देश बेच्नुपर्छ

२०७९ फाल्गुन ८, सोमबार ०८:२८ गते
प्रेम दिवस र श्रीमतिको रिप्लाई

प्रेम दिवस र श्रीमतिको रिप्लाई

२०७९ फाल्गुन ४, बिहीबार ०८:१६ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते