चेतना सन्देश नेपालको २०औँ साधरण सभा सम्पन्न

हरिवन । सर्लाहीको हरिवनमा रहेको चेतना सन्देश नेपाल नामक गैरसरकारी संस्थाको २० औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

शनिवार हरिवन नगरपालिका–५, घुर्कौलि मा रहेको संस्थाले औपचारिक कार्यक्रमका विच साधारण सभासम्पन्न गरेको जनाएको हो । हरिवन नगरपालिकाका मेयर रमेश बुडाथोकी कमलको प्रमुख आतिथ्यतामा सभा संस्पन्न भएको संस्थाका संरक्षक एवं अध्यक्ष सुरेन्द्र लामाले जनाकारी दिए । यस संस्थाले द्वन्द पिडित बालगृह संचालन गरिरहेको छ ।

संस्थामा हाल ३५ जना द्वन्द पिडित बालबालिका आश्रित रहेका संस्थाका ब्यवस्थापम नविन शान्तिले जानकारी दिए । संस्थाकै सभाहलमा सम्पन्न सभामा बार्षिक कार्य प्रगति बिबरण तथा संस्थाको बार्षिक आर्थिक प्रतिबेदन पेस गरिएको थियो । प्रतिबेदन अनुसार संस्थाले विभिन्न दातृनिकाय तथ स्थानी सरकार र सहयोगी संघ, संस्था र ब्यक्तीहरुबाट १३ लाख ३६ हजार ७ सय २४ रुपैया प्राप्त गरेर बालगृहमा खर्च गरेको छ ।

यस संस्था द्वारा संचलिक बालगृहमा विभिन्न खालका द्वन्दबाट पिडित तथा द्वन्दका कारण अभिभावक विहिन भएका बालबालिकाहरुलाई गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र सुरक्षा सहितको शरण दिदै आएको छ । यसरी बालगृह संचालन गर्नु भन्दा पनि आश्रित बालबालिकाहरुलाई सत्कर्मको बाटो देखाउदै उनीहरुको सुरक्षित भबिश्य सुनिश्चित गर्नु निकै चुनौतिपुर्ण रहेको भन्दै बक्ताहरुले संस्था र संचालक समितिको प्रशंसा समेत गरे ।

मधेश प्रदेश सांसद बेचि लुङ्गेलीको बिशिष्ठ आतिथ्यतामा सम्पन्न सभामा हरिपुर नगरपालिकाका पुर्ब नगरप्रमुख जमरुद्दिन मंसुर, हरिवन नगरपालिका–५,का वडा अध्यक्ष नागेन्द्र साह, मानव सेवा आश्रमका सुकदेब कार्की, बागमती सेवा समाजका अध्यक्ष भरत कुमार कार्की, युवा नेता उत्तर कुमार मैनाली, सनोज दास नेपाल पत्रकार माहासंघ सर्लाहीका अध्यक्ष टंक बहादुर क्षेत्री लगायतले बिचार राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

भक्तपुरमा चिनियाँ नेता ली

भक्तपुरमा चिनियाँ नेता ली

२०७९ भाद्र २९, बुधबार ०७:१६ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते