पुष्पलाल स्मृति पार्कमा एमालेको मिसन ग्रासरुट कार्यक्रम

परवानीपुर : सर्लाहीको लालबन्दी १५ स्थित पुष्पलाल स्मृति पार्क बोहोरेमा बुधबार नेकपा एमालेको मिसन ग्रासरुट कार्यक्रम सम्पन्न भएको छ ।

पार्टीको स्थानीय ज्येष्ठ सदस्य हर्क बहादुर स्याङ्तानको अध्यक्षता तथा केन्द्रिय सल्लाहकार समितिका सचिव ज्ञान बहादुर भुजेलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । पार्टी सुदृढीकरण तथा बिस्तार अभियान अन्तर्गत एमालेले देशव्यापी कार्यक्रम गरिरहेको छ ।

कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) पार्टी परित्याग गरि एमालेमै फर्किएका एमाले नेता गोबिन्द अधिकारी, एमाले सर्लाही जिल्ला सहसचिव प्रकाश थापा, सचिवालय सदस्य डिल्ली प्रसाद अधिकारी, जिल्ला कमिटी सदस्य चन्द्रलाल विश्वकर्मा, नेता भरत प्रसाद गौतम, बिक्रम भण्डारी, गएको स्थानीय निर्वाचनमा एमालेको तर्फबाट वडाध्यक्ष पदमा उम्मेदवारी दिएका यस क्षेत्रका लोकप्रिय युवा नेता उद्धब कुमार मोक्तान लगाएतका नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा गएको स्थानीय निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारी दिएकाहरुलाई सम्मान गरिएको र पार्टीलाई कसरी बलियो बनाएर अघि बढाउने भन्ने बिषयमा छलफल गरिएको पार्टीका युवा नेता एवं वडासदस्य प्रत्यासी उम्मेदवार कपिल थिङले जानकारी दिए ।

गएको स्थानीय निर्वाचनमा वडा नम्बर १५ मा एमालेका उम्मेदवारहरु माओवादीका उम्मेदवारसँग झिनो मतान्तरले पराजित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

error: Alert: Content selection is disabled!!