नक्कली नोटसहित पक्राउ परेका २ जना जाली नोटको कारोबार गर्ने गिरोहका सदस्य भएको प्रहरीको अनुमान

लालबन्दी । प्रहरीले सर्लाहीको हरिवनबाट एक लाख ७२ हजार रुपैयाँ नक्कली नोट र नोट साइजमा काटिएका खाली कागजका बन्डलसहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको बलरा नगरपालिका– ७ का २३ वर्षीय अमरेन्द्र महरा र रौतहटको माधवनारायण नगरपालिका– २ का ३६ वर्षीय सन्जय सहनी रहेका छन । प्रदेश–२–०२७ प ४२५६ नम्बरको मोटरसाइकल र बीआर ३० एसी ८३१८ नम्बरको भारतीय मोटरसाइकलमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको अवस्थामा पूर्वपश्चिम राजमार्गमा पर्ने हरिवन ११ कडरिया चोकबाट बिहीबार दिउँसो उनीहरु पक्राउ परेका हुन् ।

उनीहरु नक्कली नोटको कारोबार गर्ने गिरोहका सदस्य भएको अनुमान प्रहरीले गरेको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अनिल गिरीले बताए । उनीहरुले हजार दरका नक्कली नोटलाई तलमाथि राखेर बीचमा हजार नोटको आकारमै कटिङ गरिएका कागजको बण्डल तयार पारेका थिए । जुन हेर्दा दुरुस्त हजार दरका नोटको बन्डल जस्तो देखिन्थ्यो । त्यस्ता बण्डल २१ थान बरामद गरिएको गिरीले बताए । चार बन्डललमा भने बाहिर हजार दरका नक्कली नोट र त्यसको भित्रपट्टी टेस्टी विस्कुटका २० पुरिया राखेर ¥यापिङ गरेको अवस्थामा फेला छ ।

पक्राउ परेका सहनीको साथबाट सक्कली जस्ता देखिने विभिन्न दरका ३५० रुपैयाँ, सिमकार्ड सहितको मोवाइल र महराको साथबाट पनि विभिन्न दरका सक्कली जस्ता देखिने ४१० रुपैयाँ र कि प्याड मोवाइल फेला परेको प्रहरीले बतायो । उनीहरुको साथबाट प्रहरीले ८ ग्राम ८१० मिलिग्राम गाँजा पनि बरामद गरेको छ ।

पक्राउ परेका दुबैलाइृ जिल्ला अदालतबाट म्याद थप गरि हिरासतमा राखेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

६ महिनामै झन्डै ५९ अर्ब रुपैयाँ बाहिरियो

६ महिनामै झन्डै ५९ अर्ब रुपैयाँ बाहिरियो

२०८० माघ २५, बिहीबार १६:३१ गते
विद्यालय बन्द गरेर भोट माग्न व्यस्त शिक्षक

विद्यालय बन्द गरेर भोट माग्न व्यस्त शिक्षक

२०७९ कार्तिक २९, मंगलवार ११:५९ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते