लायन्स क्लब अफ लालबन्दी सेन्चुरिको अध्यक्षमा राउत

लालबन्दी : लायन्स क्लब अफ लालबन्दी सेन्चुरिको बर्ष २०२३/२४ को अध्यक्षमा मोहन राउत चयन भएका छन । शनिबार भएको क्लबको बैठकले नयाँ पदाधिकारी चयन गरेको हो ।

बैठकले उपाध्यक्षमा सन्तोष आचार्य, सचिवमा विश्वकृष्ण थापा र कोषाध्यक्षमा रमेश खड्कालाई सर्बसम्मत चयन गरेको छ । लालबन्दी ९ स्थित युनाइटेड होटेल ईनमा भएको कार्यक्रममा क्यालेन्डर समेत विमोचन गरिएको छ ।

लालबन्दी उद्योग वाणिज्य संघका अध्यक्ष दिपेन्द्र बलम्पाकी ‘दिपक’ को समेत उपस्तिथिमा भएको क्यालेन्डर विमोचनमा सुशील दाहाल, साकार शर्मा, जोन चेयर पर्सन गोपाल श्रेष्ठ लगाएतका क्लबका पदाधिकारीको सहभागीता रहेको थियोे । आजको कार्यक्रममा क्लबले बर्षभरी गर्ने कार्यक्रम तालिकासमेत सार्बजनिक गरेको नवनियुक्त अध्यक्ष मोहन राउतले लालबन्दी पोस्टलाई बताउनुभयो ।

अध्यक्ष चुनिएपछी हामीसँग संक्षिप्त प्रक्रिया दिँदै राउतले लायन्स क्लब एउटा निस्वार्थ भावले समाजसेवा गर्ने संस्था भएकोले सामाजिक हित र समाजसेवा गर्न चाहने सबैलाई क्लबमा आबद्ध भएर एकजुट भई समाजसेवामा लाग्न आग्रह गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खबर

लायन्स क्लब अफ लालबन्दी सेन्चुरिको अध्यक्षमा राउत

निर्वाचन आचारसंहिता फुकुवा

लायन्स क्लब अफ लालबन्दी सेन्चुरिको अध्यक्षमा राउत

मलंगवामा यातायात व्यवस्था सेवा कार्यालयको उद्घाटन

लायन्स क्लब अफ लालबन्दी सेन्चुरिको अध्यक्षमा राउत

नवलपरासीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

लायन्स क्लब अफ लालबन्दी सेन्चुरिको अध्यक्षमा राउत

सर्लाही ४ को (क) र (ख) को नतिजा सार्वजनिक

error: Alert: Content selection is disabled!!