हरिवन । सर्लाहीको हरिवनमा रहेको सगुन शिक्षा आवासीय विद्यालयले शुक्रबार ‘फेन्सी तथा सांस्कृतिक पोशाक पहिरन २०८०’ कार्यक्रम गरेको छ ।
कला, संस्कृति र पहिरनको संरक्षण गर्ने उद्देश्यले हरिवन नगरपालिकाका नगर प्रमुख कमल बुढाथोकी, उपप्रमुख हरिमाया घलान लगाएतको आतिथ्यमा कार्यक्रम गरिएको विद्यालयले जनाएको छ । सगुन शिक्षा सहकारी संस्था लिमिटेडका अध्यक्ष बाबुराम घिमिरेको अध्यक्षतामा विद्यालयको बार्षिक कार्यक्रम तालिका अनुसार कार्यक्रम गरिएको प्रधानाध्यापक सुवर्ण श्रेष्ठले जानकारी दिनुभयो ।
विद्यार्थीहरुलाई हौसला प्रदान गर्दै संस्कृति र परम्परालाई जगेर्ना गर्ने उद्देश्यले अभिभावकहरुको समेत उपस्थितिमा बृहत कार्यक्रम आयोजना गरिएको शिक्षक एवं कार्यक्रम संचालक शंकर नरालले बताउनुभयो ।