मलङ्गवामा फोहोरमा फालिएको अवस्थामा दुई नवजात शिशुको शव फेला

सर्लाही :  सर्लाहीको सदरमुकाम मलङ्गवामा फोहोरमा फालिएको अवस्थामा दुई नवजात शिशुको शव फेला परेको छ।

मलङ्गवा नगरपालिका–९, स्थित सडक छेउमा थुपारिएको फोहोरको थुप्रोमा अन्दाजी ५–६ महिना जतिको देखिने मृत दुई शिशु फेला परेका हुन्।

बाटो हिँड्ने बटुवाले जुम्ल्याहा मृत शिशु देखेपछि प्रहरीमा खबर गरेका सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक दीपेन्द्र पञ्जियार थारुले जानकारी दिए।

मृतक शिशुको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ। शिशु फाल्नेको खोजी सुरु गरिएको डिएसपी थारुले बताए।

अवैध सम्बन्धबाट गर्भ बसेपछि शल्यक्रिया गरी यी शिशु फालेको आशङ्का गरिए पनि यस सम्बन्धमा सूक्ष्म ढङ्गले अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मङ्गलवाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

प्रधानमन्त्री प्रचण्डले लिए शपथ

प्रधानमन्त्री प्रचण्डले लिए शपथ

२०७९ पुष ११, सोमबार १६:५७ गते

ताजा अपडेट

लालबन्दी १३ मा भालुको आक्रमणबाट एकजना घाईते

लालबन्दी १३ मा भालुको आक्रमणबाट एकजना घाईते

२०८१ मंसिर १८, मंगलवार २१:०७ गते
लालबन्दीसहित मधेशबाट मात्रै ५ करोडको फूल बिक्री

लालबन्दीसहित मधेशबाट मात्रै ५ करोडको फूल बिक्री

२०८१ कार्तिक २६, सोमबार २०:१० गते
जनकृषि सहकारीको १४ औँ साधारणसभा सम्पन्न

जनकृषि सहकारीको १४ औँ साधारणसभा सम्पन्न

२०८१ कार्तिक २४, शनिबार २०:१७ गते
नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते