आइडियल को-एड. एकेडेमीद्वारा कला तथा विज्ञान प्रदशनी सम्पन्न

लालबन्दी : सर्लाहीको लालबन्दी ९ बस्तिपुरमा रहेको आइडियल को—एड. एकेडेमीले कला तथा बिज्ञान प्रदर्शनी कार्यक्रम सम्पन्न गरेको छ ।

गएको शनिवार बिद्यालयको आफ्नै प्रांगणमा नगरप्रमुख वासुदेब अधिकारीसहितका बिशिष्ट ब्यक्तित्वहरुको उपस्थितीमा प्रदर्शनी गरिएको हो । आइडियल को-एड. एकेडेमी तथा एभरेष्ट एकेडेमीका डाईरेक्टर गोपाल पजियारको सभापतित्व तथा लालबन्दी न.पाका नगर प्रमुख श्री बाशुदेब अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न प्रदर्शनीमा एन प्याब्सनका पुर्व केन्द्रिय सदस्य, रकभेल एकेडेमीका प्रमुख सागर गीरी, चेतना विकास फाउन्डेसनका कमल सिलवाल, नारायण मा.बि इश्वरपुरका बि.ब्या.स. अध्यक्ष श्री रुस्तम मिक्रानी, जिल्ला ट्राफिक कार्यलय सर्लाहीका प्रमुख, इलाका प्रहरी कार्यलय लालबन्दीका प्रमुख, स्थानिय संचारकर्मि लगायतको उपस्थिति रहेको थियो ।

प्रदर्शनीमा विद्यार्थीले आफ्ना वरिपरि पाइने तथा खेर गएका बस्तुको प्रयोग गरेर बनाएका विभिन्न कलात्मक सामाग्रीको प्रदर्शन तथा प्रस्तुत गरेका थिए । कार्यक्रम पश्चात प्रतिकृया दिँदै आइडियल को-एड. एकेडेमीका प्रिन्सिपल राजु पजियारले विद्यार्थीहरुको शैक्षिक कृयाकलापलाई थप स्तरिय, उन्नत तथा समय सापेक्ष रुपमा विकास गर्ने उदेश्यल विद्यालय हाता भित्र प्रदर्शनी आयोजना गरीएको बताउनुभयो ।

कार्यक्रममा उपस्थित मेयर अधिकारीसहितका ब्यक्तित्वहरुले बिद्यार्थीहरुको कलात्मक प्रस्तुतीको तारीफ गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते