निर्वाचनलाई शान्तिपूर्ण बनाउन सहयोग गर्नेप्रति सीडीओद्वारा धन्यवाद ज्ञापन

मलंगवा : मंसिर ४ को निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, मर्यादित, शान्तिपूर्ण र भयरहीत वातावरणमा सफलतापूर्वक सम्पन्न गराउन सहयोग गर्ने सबैप्रति सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले धन्यवाद ज्ञापन गरेका छन् ।

उनले बिहीबार धन्यवाद ज्ञापन पत्र प्रकाशित गर्दै सीमित स्रोत साधन तथा न्यून जनशक्तिका बाबजुद निर्वाचनमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीको उच्च सतर्कता र परिचालनका साथै आम मतदाता, राजनीतिक दल र उम्मेदवारहरुको संयमताका कारण यो निर्वाचन शान्तिपूर्ण रुपमा सफलतापूर्वक सम्पन्न भएको उल्लेख गरेका छन् । उनले सो पत्रमा नाकरिकले सुरक्षित महशुस गरी निर्भिकतापूर्वक स्वतन्त्र वातावरणमा मतदान गर्ने आफ्नो संवैधानिक हक अधिकार प्रयोग तथा संस्थागत गर्ने कार्यमा यो एउटा महत्वपूर्ण उपलब्धी हो भनी लेखेका छन् ।

सिडियो कार्यालयद्वारा जारी गरिएको धन्यवादपत्र

निर्वाचनमा अहोरात्र खटिएका सम्पूर्ण सुरक्षाकर्मी, सबै राष्ट्रसेवक कर्मचारी, मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिृकत, राजनैतिक दल, उम्मेदवारहरु, आम नागरिक, मतदाता, नागरिक समाज, संचारकर्मी, निर्वाचन परीवेक्षक अनि निर्वाचनमा श्रोत साधन उपलब्ध गराउने स्थानीय तह, शैक्षिक संस्थाहरुसहित सबैलाई महत्वपूर्ण सहयोग, समन्वय, सहकार्य र योगदानको उच्च मूल्यांकन गर्दै सीडीओ गौतमले धन्यवाद ज्ञापन गरेका छन् । जिल्लामा यो पटक प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन बिना कुनै विवाद ऐतिहासिक रुपमा शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।

यस्तै, सीडीओ गौतमले बिहीबार नै निर्वाचनलाई शान्तिपूर्णरुपमा सफलतापूर्वक सम्पन्न गर्न उच्च योगदान पुर्याउने जिल्लास्थित सुरक्षा प्रमुखहरुलाई प्रशंसापत्रसहित सम्मान गरेका छन् । सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारी, नेपाली सेनाको भैरवी दल गणँ पाँचकुमारीका गणपति अभिषेक कार्की, प्रहरी उपरीक्षक प्रवीण पोखरेल, सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाँ, राष्ट्रिय अनुसन्धानका उप–अनुसन्धान निर्देशक चन्दन झालाई सम्मान गरेका हुन् । उज्यालो अभियानको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

दलित समुदाय एकजुट भएर अघि बढ्ने अठोट

दलित समुदाय एकजुट भएर अघि बढ्ने अठोट

२०८१ श्रावण ६, आईतवार २०:२६ गते

ताजा अपडेट

लालबन्दीसहित मधेशबाट मात्रै ५ करोडको फूल बिक्री

लालबन्दीसहित मधेशबाट मात्रै ५ करोडको फूल बिक्री

२०८१ कार्तिक २६, सोमबार २०:१० गते
जनकृषि सहकारीको १४ औँ साधारणसभा सम्पन्न

जनकृषि सहकारीको १४ औँ साधारणसभा सम्पन्न

२०८१ कार्तिक २४, शनिबार २०:१७ गते
नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते