बचत गर्ने संस्कृतिको विकास गराउन प्रशिक्षकलाइ प्रशिक्षण

लालबन्दी । सर्लाहीको हरिपुरमा प्रशिक्षकका लागि प्रशिक्षण तालिम ‘The Training of Trainers (ToT)’ सम्पन्न भएको छ । बाल्यकाल देखि नै वित्तिय अनुशासनको विकास गर्दै बाल क्लबका माध्यमबाट बालबालिकामा बचतको संस्कृति विकास गराउने उदेश्यले आयोजना गरिएको तालिमको बिहिवार समापन गरिएको हो ।

सेभ द चिल्ड्रेनको आर्थिक तथा प्राविधिक सहयोग र ग्रामिण नारी उत्थान संघ हरिपुरको सहजीकरणमा संचालित समुन्नति परियोजनाले प्रशिक्षकका लागि ५ दिने प्रशिक्षण तालिम आयोजना गरेको थियो । तालिममा हरिपुर नगरपालिकाका नौ वटै वडाका एक वडा एक प्रशिक्षक रहने गरी वित्तीय साक्षरताका लागि सहजकर्ता (प्रक्षिक्षक) तयार गरिएको समुन्नति परियोजनाकी कार्यक्रम अधिकृत सुजाता शर्माले जानकारी दिनुभयो । ९ जना प्रशिक्षक तयार गर्दै सम्पन्न कार्यक्रमको सहजीकरण तथा प्रशिक्षण सेभ द चिल्ड्रेनका बाल संरक्षण शाखाकी प्रसिक्षक कान्ती खडका र दिगो जिविको पार्जनकि प्रशिक्षक नविनराज ज्ञवालीले गर्नु भएको परियोजना संयोजक दिपक भण्डारीले बताउनुभयो ।

तालिममा संस्थाका उपाध्यक्ष बिष्णु चालिसेले सेभ द चिल्ड्रेनको सहयोगमा ग्रामिण नारी उत्थान संघ हरिपुरले बाल विबाह न्यूनीकरण, बालवालिकाको सर्वाङ्गिण विकास, स्वास्थ्य, शिक्षा, पोषण, कृषि आदि क्षेत्रमा कार्य गर्दै आएको बताउनुभएको थियो । उहाँले तालिमले हरिपुर नगरका १४ देखि १८ वर्ष उमेर समुहका किशोर किशोरीलाई बचत गर्ने बानीको विकाससँगै आर्थिक विकास र जीवन समुन्नतिमा टेवा पुर्याउने बिश्वास ब्यक्त गर्नुभयो ।

तालिम ग्रामिण नारी उत्थान संघको सभाहलमा सम्पन्न भएको हो ।

Related Video :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खबर