बिहिबार सार्वजनिक बिदा (बिज्ञप्तिसहित)

सर्लाही । संविधानसभा अध्यक्ष सुवास नेम्वाङकाे निधनको शोकमा सरकारले भोलि (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले एक विज्ञप्ति जारी गर्दै नेम्वाङको अन्तिम संस्कारका दिन सार्वजनिक विदा दिने जानकारी दिएका हुन्।

मंगलबार बिहान बसेकाे प्रधानमन्त्री तथा मन्त्रिरिषद्को बैठकले दिवगंत नेता नेम्वाङको अन्त्येष्टिको दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो। बिहिबार नेम्वाङको राजकीय सम्मानकासाथ अन्त्येष्टि गरिने भएको छ।

इलाम-२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य नेम्वाङको सोमबार राति हृदयघातका कारण काठमाडौंमा निधन भएको हो। नेम्वाङ गत सालको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा इलाम क्षेत्र नं २ बाट विजयी भएका थिए।

नेम्वाङ विस २०६३ मा पुनः स्थापित प्रतिनिधि सभाको सभामुख, २०६४ सालमा व्यवस्थापिका संसद्को सभामुख, २०६५ र २०७० सालमा संविधानसभा अध्यक्षरसभामुख र २०७२ सालमा सभामुख भएका थिए।

विसं २०४८ देखि २०५२ सालसम्म राष्ट्रिय सभा सदस्य बनेका उनी त्यस लगत्तै पुनः राष्ट्रिय सभा सदस्य भएका थिए।

प्रतिनिधि सभा निर्वाचन २०६५ मा इलाम २ बाट निर्वाचित उनी संविधान सभा निर्वाचन २०६४ र २०७० मा इलाम २ बाट निर्वाचित भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

सर्लाहीका डिएसपी कैलास राईको सरुवा

सर्लाहीका डिएसपी कैलास राईको सरुवा

२०८० भाद्र १६, शनिबार ०७:१६ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते