सर्लाहीका दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनाबाट २ जनाको ज्यान गयो

लालबन्दी : बुधवार सर्लाहीका दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनाबाट २ जनाको ज्यान गएको छ ।

दिउँसो साँढे १२ बजेतिर लालबन्दी नगरपालिका १७ रानिगंज डाँडाटोलस्थित भित्रि सडकमा बोलेरो पिकअपको ठक्करबाट सोहि ठाउँका ३३ बर्षका राजकुमार महतोको ज्यान गएको छ । सो सडकखण्डमा उत्तरतर्फ जाँदै गरेको प्रदेश २–०३००१ च ३१२९ नम्बरको बोलेरोले बिपरित दिशातर्फ जाँदै गरेको प्रदेश २–०२–००२ प ९२५३ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भिर घाईते भएका महतोलाई लालबन्दीस्थित मोडेल हस्पिटलमा उपचारका लागी पु¥यार्एएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । ईलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले बोलेरो चालक सोहि ठाउँका मुकेश साहलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

त्यसैगरि बेलुकी ६ बजेतिर बरहथवा १६ सितापुर कटानीमा संचालित ईंटाभट्टामा मजदुरी गर्ने मजदुरको ६ बर्षिय छोराको ट्याक्टरको ठक्करबाट ज्यान गएको छ । शिव ईट्टा उद्योगमा रहेको प्र.२–०३–००१ त ६५५५ नम्बरको ट्याक्टरले सोहि उद्योगमा मजदुरि गर्ने भारतको उत्तरप्रदेश अन्तर्गत महमदीग्राम शंकर छाउनी १ घर भएका संजिव कुमारको ६ बर्षको छोरा हेमन्त कुमारलाई ठक्कर दिएको थियो ।

ट्याक्टरको ठक्करबाट घाईते बालकको हरिवनस्थित लिलावति हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हरिपुर प्रहरीले जनाएको छ । ट्याक्टर चालक फरार रहेको र खोजीकार्य चलिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी बिजय श्रेष्ठले जानकारी दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

आज सर्लाहीसहित तराई मधेसमा होली मनाइँदै

आज सर्लाहीसहित तराई मधेसमा होली मनाइँदै

२०७९ फाल्गुन २३, मंगलवार १०:३२ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते