लालबन्दीमा हिमालयन लाइफद्वारा न्यानो कपडा वितरण

सर्लाही । सर्लाहीको लालबन्दीमा आज (शुक्रबार) हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले १५० गरिब तथा असहाय व्यक्तिलाई न्यानो कपडा (ज्याकेट) वितरण गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत लालबन्दी नगरपालिकाभित्रका न्यून आय भएका व्यक्ति तथा असहाय १५० जनालाई एक–एक थान ज्याकेट वितरण गरिएको हिमालयन लाइफ इन्स्योरेन्स लालबन्दी शाखाकी प्रवन्धक लोककुमारी काफ्लेले जानकारी दिइन् ।

संस्थाका केन्द्रीय उप–कार्यकारी अधिकृत कपिल दाहाल, लालबन्दी नगरपालिकाकी उपप्रमुख कल्पनामाया पाख्रिन, संस्थाको प्रदेश कार्यालय प्रमुख इन्द्रराज सुवेदीलगायतले लालबन्दी ७ स्थित पूर्व बसपार्क र लालबन्दी १७ रानिगन्जमा बेग्लाबेग्लै कार्यक्रम गरेर चिसोबाट प्रभावित विपन्न तथा असहाय व्यक्तिलाई न्यानो कपडा प्रदान गरेका हुन् ।

केही दिनदेखि बढ्दै चिसोमा न्यानो कपडा पाएपछि लाभग्राही व्यक्तिले राहत महशुस गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते