अनशनरत डा. केसी काठमाडौंमा, उपचारका लागि शिक्षण अस्पतालमा लगियो

स्वास्थ्य सेवा सुधारका माग राखेर धनगढीमा अनशन बसेको १० औं दिन डा. गोविन्द केसी उपचारका लागि काठमाडौं आएका छन् ।

अनशनका क्रममा स्वास्थ्यमा समस्या आएपछि उनी श्री एयरलाइन्सको विमानबाट काठमाडौं आएका हुन् ।

काठमाडौं आएका उनलाई विमानस्थलबाट सिधै शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । सिकिस्त हुँदा पनि अनशन तोड्न नमानेका उनले शिक्षण अस्पतालमा नै अनशनलाई निरन्तरता दिने बताएका छन् ।

सेती प्रादेशिक अस्पतालका चिकित्सकले डा.केसीको पेटमा कडा खालको अल्सर देखिएको भन्दै उनलाई यसअघि नै विशेषज्ञहरु भएको अस्पतालमा लैजान आग्रह गरेको थियो ।

जस अनुसार हिजो (मंगलबार) उनलाई लिन नेपाली सेनाको स्काई ट्रक धनगढी गएको थियो । तर उनले आफू ठिक रहेको भन्दै काठमाडौं नफर्कने अडान लिएका थिए । त्यसपछि स्काइ ट्रक रित्तै फर्केको थियो । तर आज भने उनी काठमाडौं आउन तयार भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

एमाले उपाध्यक्ष बादललाई मातृशाेक

एमाले उपाध्यक्ष बादललाई मातृशाेक

२०७९ भाद्र १९, आईतवार ०५:०५ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते