जलबायु परिवर्तनको असर बारे विद्यार्थीद्वारा चेतनामुलक प्रस्तुति

  • भक्ती रिजाल, हरिवन ।

सर्लाहीको हरिवनमा रहेको चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पसमा अध्यायनरत विद्यार्थीले आज (शुक्रबार) प्लास्टिकको प्रयोगले जलबायु परिबर्तनमा पार्ने असर र त्यसको न्युनीकरणका बारेमा चेतनामुलक कार्यक्रम गरेका छन्  ।

चुतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पसका स्ववियू सभापति प्रेमराज दाहाल तथा जानुका कुमारी कुश्वारले प्लास्टिकका झोला शरीरभरी टाँसेर प्लास्टिक प्रयोगबाट हुने असरका बारेमा चेतनामूलक सन्देश दिएका हुन्  ।

हातमा विभिन्न चेतनामूलक नारा लेखिएका प्लेकार्ड बोकेका विद्यार्थीहरुले बागमती नगरपालिका वडा नम्बर १० मा रहेको सोल्टी बजार परिक्रमा गरि सोल्टी पार्कमा जम्मा भएर चेतनामुलक सन्देशसँगै मन्तब्य राखेका थिए ।

‘प्लास्टिक प्रयोग नगरौँ, पर्याबरणको संरक्षण गरौँ’ भन्दै गरिएको चेतनामूलक कार्यक्रममा चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पसका प्राध्यापकहरु कमल प्रसाद जोसी, मुकेश कुमार यादब, चित्रकुमार पन्त, प्रदिप महतो तथा हरिलाल मैनाली लगायतको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
3
+1
0
+1
0

छुटाउनुभयो कि ?

एनसेलको ‘एनसेल ईपीएललिग’प्रतियोगिता

एनसेलको ‘एनसेल ईपीएललिग’प्रतियोगिता

२०८० श्रावण ३२, बिहीबार २०:२९ गते
गजल ‘तिम्रा सारा कसुरहरु माफ भयो’

गजल ‘तिम्रा सारा कसुरहरु माफ भयो’

२०७९ चैत्र ३, शुक्रबार १२:१५ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते