आजबाट अंग्रेजी वर्ष सन् २०२३ सुरु

सर्लाही : आजदेखि अंग्रेजी नयाँ वर्ष सन् २०२३ सुरु भएको छ । आज विश्वभर एक आपसमा शुभकामना आदान प्रदान गरी नयाँ वर्ष मनाइँदै छ ।

जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवतको सुरुवात भएको हो । यो संवत् नेपालमा औपचारिक प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन् । यो अन्तर्राष्ट्रिय संवत् भएकाले विदेशमा बसोबास गर्ने र अन्तर्राष्ट्रिय संघसंस्थामा काम गर्नेले यो पर्व विश्वभर मनाउने गर्छन् ।

ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२२ को बिदाइ र नयाँ वर्ष को स्वागतमा विश्वभर विभिन्न कार्यक्रमहरुको आयोजना गरी नयाँ वर्ष मनाइँदै छ ।

नयाँ वर्षमा इसाई धर्मावलम्बीहरूले यशुको सम्झना गर्दै अंगुरको रस र रोटी खाने प्रचलन छ ।

पर्यटकको भीड भाड हुने नेपालको राजधानी काठमाडौंको ठमेल, बौद्ध, पोखरालगायत स्थानमा ‘ न्यू इयर इभ ’ का नाममा यो संवत् मनाइन्छ ।

पछिल्लो समय सर्लाहीबो बागमतिमा पनि भरत ताल नामले प्रशिद्ध माछा पोखरी बनेपछि ताल हेर्न, घुम्न आउने स्वदेशि तथा बिदेशि पर्यटकको संख्यामा बृद्धि भएको छ । सर्लाही र रौतहट जोड्ने पुलबाट दक्षिणतर्फ रहेको ताल र उतरतर्फ रहेको पर्यटकिय स्थल नुनथर क्षेत्रलाई लक्षित गर्दै बिभिन्न होटल तथा रिसोर्टहरु संचालनमा आएपछि पनि पर्यटकको आवागमनमा बृद्धि भएको बिश्लेषकहरु बताउँछन ।

हाम्रा सम्पुर्ण पाठकवर्गमा समेत अंग्रेजी नयाँ बर्ष २०२३ को शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

बालबालिकालाई छालाको एलर्जी, कारण अनेक

बालबालिकालाई छालाको एलर्जी, कारण अनेक

२०७९ मंसिर १२, सोमबार १०:४८ गते
कौडेनाका युवाहरुले गरे टोल सरसफाई

कौडेनाका युवाहरुले गरे टोल सरसफाई

२०७९ कार्तिक २६, शनिबार १२:०२ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते