सिडियोको अध्यक्षतामा जिल्ला बिपद् ब्यवस्थापनको क्षेत्रमा भएका कार्यक्रमहरुको समिक्षा

मलंगवा : सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सिडियो)को अध्यक्षतामा मंगलवार बसेको बैठकले जिल्ला बिपद् ब्यवस्थापनको क्षेत्रमा भएका कार्यक्रमहरुको समिक्षा गरेको छ ।

सदरमुकाम मलंगवास्थित जिल्ला प्रशासन कार्यालयको सभाहलमा सिडियो थानेश्वर गौतमको अध्यक्षतामा बैठक बसि बिपद् ब्यवस्थापनको क्षेत्रमा गरि आएका कार्यक्रमहरुको समिक्षासहित बिभिन्न पाँच ओटा निर्णय गरिएका हो । सुरक्षा निकायका प्रमुख, बिभिन्न संघसंस्थाका प्रमुख लगाएतको सहभागीतामा बसेको बैठकले छिमेकी राष्ट्रहरुमा कोभिड–१९ को नयाँ भेरियन्ट देखापरेको र सो को जोखिम तथा असर नेपालमा पनि पर्न सक्ने हुँदा आ–आफ्नो कार्य क्षेत्रमा सबै सरकारी तथा गैरसरकारीहरुले सो का लागि आवश्यक सचेतना अभिवृद्धि लगायतका क्रियाकलाप गर्ने साथै सम्भावित जोखिमका लागि पूर्व तयारी गर्ने पनि निर्णय भएको छ ।

त्यसैगरि चिसो तथा शितलहरको प्रभावबाट सुरक्षित रहने उपायहरुको सम्बन्धमा सबै सरकारी तथा गैरसरकारी संघ सस्थाहरुले समेत जोखिम न्यूनीकरण सम्बन्धी क्रियाकलापहरु, चेतना मुलक कार्यक्रमहरु संचालन गर्ने, शितलहरबाट प्रभावित हुन सक्ने क्षेत्र, गाउँ, टोल, परिवारहरुको पहिचान गरी राहत तथा उद्धारको लागि जिल्लाका अगुवा सहयोगी संस्थाको समन्वयमा दाउरा, कम्बल, न्यानो कपड़ा जस्ता सामाग्रीहरुको पूर्व प्रवन्ध गरी तयारी अवस्थामा राख्ने, व्यवस्था मिलाउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय मलंगवाले जनाएको छ ।

त्यसैगरि भोली बुधवार शितलहर प्रभावित विपन्न व्यक्ति तथा परिवारलाई न्यानो कपडा, कम्बल आदि के कति राहत सामग्रीहरु उपलब्ध गराउन सकिन्छ भनेर सबै संघसंस्थाहरुले जिल्ला प्रशासन कार्यालयमा विवरण उपलब्ध गराउने र स्थानीय तहसँग समन्वय गरी वितरण गर्ने गर्ने बताईएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख (एसपी) नरेशराज सुवेदी, शसस्त्र प्रहरीका एसपी भरत खनियाँ, राष्ट्रिय अनुसन्धानका वशन्त साहसहित नेपाल रेडक्रस, बागमति सेवा समाज, राष्ट्रिय रोजगार प्रबद्र्धन केन्द्र, ग्रामिण नारी उत्थान, बाल संरक्षण संस्था, चेतना संस्था, सामुदायिक प्रकोप ब्यवस्थापन समितीको राष्ट्रिय संजाल, सेभ द चिल्ड्रेनका प्रतिनिधि, संयोजक एवं अध्यक्षको सहभागीता रहेको थियो ।

यसैबिच आज नै सिडियो गौतमले शान्ति, सुरक्षा, सिमानाकामा हुने तस्करी, भन्सार छलि, चोरी निकासि पैठारी तथा लागु औषध ओसार पसारसहितका अपराधिक गतिविधिहरु नियन्त्रणका लागी निर्देशन दिनुभएको छ । जिल्ला प्रहरी प्रमुख, शसस्त्र प्रहरी प्रमुखसहित मातहतका तथा सिमा सुरक्षामा खटिएका प्रहरी ईन्चार्जहरुको संयुक्त बैठकमार्फत सो निर्देशन प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते