हरिवनबाट पक्राउ परेका नेकपा (बहुमत) का नेता/कार्यकर्ता रिहा

लालबन्दी : चुनाव बिरोधि गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का नेता/कार्यकर्ता रिहा भएका छन । गएको शुक्रवार दिउँसो पक्राउ परेका नेकपा बहुमतका नेताहरुलाई प्रहरीले सोमवार रिहा गरेको हो ।

प्रहरीले पार्टीको नवौँ महाधिवेशन आयोजक समिती सदस्य एवं सर्लाही जिल्ला ईन्चार्ज बिचारमान थिङ (निर्माण), राष्ट्रिय स्वयम् सेवक नेपालका केन्द्रिय उपाध्यक्ष अबिनास कुवँर, सर्लाही जिल्ला सचिवालय सदस्य भरत पुलामी, अनेरास्ववियु (क्रान्तिकारी) का सचिवालय सदस्य एवं मधेश प्रदेश संयोजक उपेन्द्र परियारलाई पक्राउ पक्राउ गरेको थियो । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन खारेजीको माग सहित बिरोधका कार्यक्रम गरिरहेको नेपाल कम्युनिष्ट पार्टी बहुमतका कार्यकर्तालाई सादा पोषाकमा खटिएको प्रहरीले हरिवनबाट पक्राउ गरेको थियो ।

रिहाई लगतै पार्टीको केन्द्रिय सल्लाहकार सचिव चित्र बहादुर आले (पवन), पार्टी केन्द्रिय सचिबालय सदस्य तथा मधेस ब्युरो इन्चार्ज नयन, नवौं महाधिवेशन आयोजक समिति सदस्य बिमला, सर्लाही जिल्ला संयोजक पदम मगर (बिहानी) लगायतका नेताहरुले रिहा भएका नेताहरुलाई खादा र अबिर लगाएर स्वागत तथा बधाई दिएका थिए । सो क्रममा पार्टी केन्द्रिय सल्लाहकार सचिव पवनले हिरासत र जेल पनि क्रान्तिको एउटा मोर्चा रहेको बताउनु भएको थियो । क्रान्तिको मोर्चामा सँधै जित हासिल गर्दै अगाडि बढ्न नेताहरुलाई पवनको सुझाव थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

गजल – देश बेच्नुपर्छ

गजल – देश बेच्नुपर्छ

२०७९ फाल्गुन ८, सोमबार ०८:२८ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते