घट्यो पेट्रोलियम पदार्थको भाउ

सर्लाही : पेट्रोलियम पदार्थको भाउ घटेको छ। गए मध्यरातदेखि लागू हुने गरी डिजेलमा ४, पेट्रोलमा ६ र एलपी ग्यास प्रति सिलिण्डरमा १० रुपैयाँ मूल्य घटाएको नेपाल आयल निगमले जनाएको छ।

नेपाल आयल निगमले स्वचालित बिक्री मूल्य प्रणाली लागू गर्दै डिजेलमा २ प्रतिशत र पेट्रोलमा २.५ प्रतिशत मुनाफा लिनेगरी कार्यविधि तयार भएको जनाएको छ।

एलपी ग्यासमा भने परल मूल्य नै कायम गरिएको छ। रातिदेखि नै लागू हुने गरी काठमाडौं लक्षित पेट्रोलमा ६ रुपैयाँ, डिजेलमा ४ रुपैयाँ र एलपी ग्यासमा १० रुपैयाँले मूल्य घट्ने पत्रकार सम्मेलनान निगमका अध्यक्ष मधुकुमार मरासिनीले जानकारी दिए।

नेपालमा स्वचालित बिक्री मूल्य लागू भएपछि भारतीय बजारभन्दा नेपालमा पेट्रोलमा १३ रुपैयाँ २७ पैसा, डिजेलमा ९ रुपैयाँ ९४ पैसा, हवाई इन्धनमा २३ रुपैयाँ ८१ पैसा र एलपी ग्यासमा १ सय ३६ रुपैयाँ ६० पैसा सस्तो हुने निगमले जनाएको छ।

मूल्य घटेसँगै पेट्रोल वर्गीकरणअनुसार तराईमा १६१ रुपैयाँ ५० पैसा, भित्री मधेशका जिल्लाहरुमा १६३ रुपैयाँ र काठमाडौंमा १६४ रुपैयाँमा झरेको छ।

डिजेलको नयाँ मूल्यअनुसार तराईमा १४३ रुपैयाँ ५ पैसा, भित्री मधेशका जिल्लामा १४५ रुपैयाँ र काठमाडौंमा १४६ रुपैयाँ भएको छ।

एलपी ग्याँसको मूल्य भने देशभर १ हजार ७९० रुपैयाँ पर्नेछ। निगमले यसअघिको भारतसँगको सबै बक्यौताहरु तिरिसकेको र सरकारसँगको ३ अर्ब ५० करोड रुपैयाँ बक्यौता भने तिर्न बाँकी रहेको निगमका कार्यकारी निर्देशक उमेश थानीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

बर्दिवासमा बलात्कार आरोपमा एकजना पक्राउ

बर्दिवासमा बलात्कार आरोपमा एकजना पक्राउ

२०८० जेष्ठ ३०, मंगलवार १६:०३ गते
सातै प्रदेशमा वर्षाको सम्भावना

सातै प्रदेशमा वर्षाको सम्भावना

२०८० असार ६, बुधबार ०८:५६ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते