हरिवनमा प्रदेशस्तरीय कृषि प्रदर्शनी सुरु, मन्त्री भुषालले गरे उद्घाटन (तस्विरसहित)

लालबन्दी । सर्लाहीको हरिवन ११ स्थित सुर्ति बिकाश खेल मैदानमा प्रदेशस्तरीय दोस्रो डेरी, कृषि अनुसन्धान, उत्पादन तथा कृषि औजार प्रदर्शनी सुरु भएको छ । शुक्रबार संघिय सरकारका कृषि तथा पशुपंक्षि विकासमन्त्री बेदुराम भुषालले प्रदर्शनीको उद्घाटन गरे । ‘मधेस प्रदेशको सान, दुग्ध र कृषि क्षेत्र हामी सबैको पहिचान’ भन्ने मुल नाराका सुरु प्रदर्शनीमा ६० वटा स्टल रहेको छ । प्रदर्शनीमा विभिन्न कृषि औजार, स्थानीय कृषि उत्पादन लगाएतका सामाग्री प्रदर्शनीमा राखिएको छ ।

हरिवन नगरपालिकाले प्रदेश दुग्ध बिकाश बोर्ड, कृषि अनुसन्धान निर्देशनालाय, परवानीपुर वीरगंज पर्सा, कृषि ज्ञान केन्द्र सर्लाही, हेल्भेटास नेपाल, ईन्दुशंकर चिनि उद्योग र हेफर इन्टरनेशनलसँगको सहकार्यमा प्रदर्शनी आयोजना गरेको हो । प्रदर्शनीमा किसानलाई निशुल्क स्टलको ब्यवस्था गरिएको आयोजकले जनाएको छ ।

प्रदर्शनीमा फलफुल, दुग्धजन्य उत्पादन, दल्हन, तरकारी उत्पादन लगायतका क्षेत्रमा उत्कृष्ट काम गर्ने किसानलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएको छ । प्रदर्शनीमा बैंक तथा बित्तिय संस्थाबिच अन्तरकृया, पशु उपचार, माटो परिक्षण र स्थानिय कलाकारको प्रस्तुति रहेको मुल आयोजक समितीका संयोजक एवं वडा नम्बर ४ का वडाध्यक्ष केशवराज थापाले बताए ।

प्रदर्शनीमा बोल्दै मन्त्री भुषालले नेपाल कृषि प्रधान देश नारामा मात्र सिमित भएको बताए । प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री भुषालले त्यस्तो बताएका हुन् ।

मन्त्री भुषालले किसानको उत्पादनलाई ब्यवस्थापनको लागी संघिय सरकारले कोल्डस्टोरको लागी शसर्त अनुदानको ब्यवस्था गरेको बताउँदै सर्लाही जिल्लामा ३ ओटा परेको बताए । त्यसैगरि किसानको पशु स्वास्थ्यलाई ध्यानमा राख्दै संघ सरकारले हरेक प्रदेशको २ ओटा जिल्लामा पशु स्वास्थ्य परिक्षण प्रयोगशाला निर्माण प्रकृया अघि बढाएको बताए । सर्लाहीको पनि हरेक पालिकामा पशु स्वास्थ्य परिक्षण प्रयोगशाला निर्माणका लागी बजेट परेकोले यथाशिघ्र काम अघि बढाउन उनले आग्रह गरे ।
उनले कृषि क्षेत्रको पहिलो र सबैभन्दा ठुलो समस्या सिंचाई भएको बताउँदै चुरेका क्षेत्रहरुलाई जोडेर नहरको व्यवस्था नगरे तराइका समथर फाँट मरुभूमि बन्ने कुरा आफूले पटक–पटक भन्ने गरेको तर्क गरे । यसतर्फ तिनै तहका सरकार सतर्क हुनु पर्ने मन्त्री भुषालले दाबी गरे ।

त्यसैगरि मधेश प्रदेश सरकारका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री गोविन्द बहादुर न्यौपानेले किसानसगँ मिलेर काम गर्न चाहेको बताए । उनले यहाँ दिनभरी बाउ खेतमा काम गर्ने र छोरो दिनभर जागीर खोज्न जाने प्रचलन रहेको बताउँदै बाउ र छोरोको भेट खेतमा नभएकै कारण कृषि प्रदान देशको यो अवस्था भएको जिकिर गरे ।

प्रदर्शनी ७ गते आईतबारसम्म चल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
0
+1
2

प्रतिक्रिया