- क्षितिज विश्वकर्मा
ब्युझिँए, सपना र बिपना दुबै जस्तो । आँखामा केहि केहि दृश्यहरु घुम्न थाले । म सिरकभित्रै छु । चिसो छ, जाडो सकिएको छैन । त्यतिकैमा मोबाईलमा अलार्म बज्यो । झस्किँए, ६ बजेछ । उठ्न मन लागेन, सुतिरहेँ । फेरि अलार्म बज्यो । ५ मिनेट गयो, फेरि उठ्न सकिन । कोल्टे फर्किएँ । मोबाईल हेरेँ, ह्वाट्सएप खोलेँ, श्रीमतिलाई म्यासेज गरेँ, ‘हेल्लो बुडी गुड मोर्निङ, ह्याप्पि भ्यालेन्टाईन डे’ १० मिनेटमा फेरि अलार्म बज्यो । बलजफ्ति उठेँ । शौचालय गएँ, बुडिको म्यासेज आएछ, त्यहिँ बसेरै म्यासेज पढेँ । रिप्लाई आएछ ‘३६५ दिनमा मैले भनेको एउटा कुरा पनी नसुन्नेले मलाई कसैको प्रेम दिवस चाहिँदैन । सँधै अरुसँग रोमान्स हुन्थ्यो, आज नि उनिहरुसँगै गर’ ।
अपेक्षा यत्तिसम्म त थिएन तर पनि ठिकैछ, खासै नराम्रो लागेन । आफ्नो बिहानको नित्य कर्म सिध्याएँ । साँढे ६ भयो, मोटरसाईकल झिकेँ र अफिस हिडेँ । म सवार मोटरसाईकल गुडिरह्यो, मनमा कहिले बिरक्त लाग्दो, कहिले आशा लाग्दो कुराहरु खेलिरहे ।
चिसो स्याँठ चलिरहेको छ, जंगलको बाटो म गुडिरहेको छु । मन अरु दिनको तुलनामा अलि चञ्चल जस्तो, अलि भावुक जस्तो, अलि अल्लारेजस्तो भईरहेको छ । बुडी अघिल्लो दिनै माईत गएकी । ‘आज त अफिस म्यानेज गरि जान्छुहोला बुडि र छोरीसँग घुम्न’ जस्तो लाग्छ । फेसबुकमा राम्रो स्टाटस लेखेर परिवारको फोटो हाल्छु जस्तो लाग्छ, फेरि अघिल्लो दिनको दिवशमा त केहि नलेखेको मैले प्रेम दिवसमा स्टाटस् हाल्दा अरुले के भन्ने हुन जस्तो पनि लाग्छ । मन स्थिर रहेन । अनेकन कुराहरु खेलिरह्यो ।
घरि घरि बुडिको अघिनैको रिप्लाई पनि सम्झन्छु । कहिले त यस्तो पनि लाग्यो ‘हामि लोग्ने मान्छेले अल्लारे उमेरमा केहि सम्बन्ध बनायौँ होला, कसैसँग प्रेम ग¥यौँ होला । तर हामि त्यहि कुरामा त रुमल्लिरहेका छैनौँ नि यार ।’ आफ्नो घर, परिवारको बारेमा चिन्ता, ब्यवस्थापन र कर्तब्य त हाम्रो दिमागमा सेट जस्तै भईसकेको हुन्छ नि । तर मोबाईलमा कसैको एउटा म्यासेज, फेसबुकमा कसैको एउटा फोटो, अलिकति फोन ब्यस्त हुँदा हामिले आफ्नो सारा जिम्मेवारीबाट नै अलग भाको जस्तो, पुरै सखापै भईसक्या जस्तो गर्नु पर्छ र ? हामि पुरुषहरु श्रीमति, श्रीमतीको मन, परिवारसँगको सन्तुलन, साथी सर्कल र समाज सबैलाई सन्तुलित बनाएर राख्न कति सचेत हुन्छौँ भन्ने कुरा अदृश्य तर अकाट्य सत्य हो ।
हामि पुरुषहरुलाई त्यो एक खाल्को बन्धनजस्तो मन पर्दैन । हामि श्रीमति, छोराछोरीलाई अत्यधिक माया गर्छौं, तर त्यो देखाउन सक्दैनौं । जसको कारण दाम्पत्य जीवन अलि असहज भाको जस्तो पनि हुन्छ कहिले काँहि । लोग्ने मान्छेहरुमा त्यस्तो कुनै सिमा हुन्छ जस्तो मलाई लाग्दैन, असिमित हुन चाहन्छन । तर श्रीमतिहरु सिमाका पर्खालहरु हुन । अधिक माया र अधिक बन्धन दुबै उनिहरुबाटै सम्भव छ । र उनिहरुबाटै शुन्दर जीवन पनि । यीनै कुराहरुसँग लुकामारी खेल्दा खेल्दै जीवन टुंगिन्छ ।
जंगल कटेर अघि नै मुल सडक प्रवेश गरिसके छु । अगाडिबाट तरकारी बोक्ने गाडिले हर्न बजायो, म झस्किएँ । घडि हेरेँ । समयमा पुग्न अलि चाँडो जानु पर्ने रैछ । फेरि आज त प्रेम दिवस । सबैलाई शुभकामना पनि भन्नै प¥यो, केहि बिशेस त बनाउनै प¥यो । ब्यवस्थापन कसरी गर्ने सोँच्दा सोँच्दै अफिसको गेटमा पुगेँ । र उहि आफ्नो दैनिकि…