मकवानपुरमा अनेरास्ववियुले लियो गति

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन–अनेरास्ववियु जिल्ल कमिटी मकवानपुरको कामले थति लिएको छ । अनेरास्ववियुको गत साउन १८ र १९ गते हेटौंडामा भएको २७ औं जिल्ल सम्मेलन पछि पहिलो बैठक बसेको छ । पार्टि कार्यालयमा बसेको बैठकले गरेको निर्णयहरु बमोजि कामको सुरु गरेको छ । आज सनिवार मात्रै अनेरास्ववियुले ४ वटा पालिका कमिटीहरुको एकै दिन बैठक बसालेको छ ।

अनेरास्ववियुको जिल्ला अध्यक्ष भुवन मैनालीका अनुसार “एक कमिटी पाँच काम” अभियान संचालन गरेको छ र यी चारै वटा कमिटीले पाँच कामको योजना बनाएर निर्णय गरेको बताए । अध्यक्ष मैनालीका अनुसार पाँच काममा पहिलो काममा मातहतका सवै कमिटीको प्रशिक्षण आयोजन गर्ने, दोश्रो काममा संगठन गठन र पुनः गठन गर्ने, तेश्रो काम विद्यार्थीहरुका विच गएर सदस्यता वितरण गर्ने र चौंथो काम मंसिर ४ को निर्वाचन केन्द्रित भई नयाँ मतदाताको पहिचान गर्ने र मतदाता शिक्षा संचालन गर्ने तथा पाँचौं काममा निर्वाचन केन्द्रित भेला आयोजन गर्ने काम रहेको बताए । आज मकवानपुर जिल्लाका ४ वटा पालिकाहरुमा बैठक बसेको हो । भमफेदी, हेटौंडा, बकैया र मनहरी गाउँपालिकामा अनेरास्ववियुले बैठक राखेका हो ।

यहि अभियान अन्तर्गत नै आजै अनेरास्ववियु मकवानपुर बहुमुखी क्याम्पस कमिटीले संगठनका नेता कार्यकर्ताहरुलाई विषयगत प्रशिक्षण प्रदान गरेको छ । प्रशिक्षणका क्याम्पस कमिटीका नेता कार्यकर्ताहरुको मात्रै सहभागिता रहेको थियो र उनिहरुलाई अनेरास्ववियुको “नेपाली विद्यार्थी आन्दोलन र अनेरास्ववियु, संगठन निर्माण परिचालतन पद्धती र संरचना तथा मकवानपुर क्याम्पस र अनेरास्ववियु” जस्ता विषयमा प्रशिक्षण प्रदान गरेको हो ।

क्याम्पस कमिटीले आफ्ना कक्षा कमिटी संचालन गर्न जाँदा बैचारिक हिसावले दक्ष बनाउने उद्धेश्यले आज यो प्रशिक्षण आयोजना भएको हो र भोलि आईतवार विहानै देखी कक्षा कमिटी गठन सुरु गरिने मैनालीले बताए । प्रशिक्षण कार्यक्रममा अनेरास्ववियु स्थायी कमिटी सदस्य सन्तोष पौडेल, केन्द्रिय सदस्य आशिष अस्लामी, जिल्ला अध्यक्ष भुवन मैनाली, उपाध्यक्ष अमृत बर्तौला तथा सह सचिव प्रमोद फुयाँलले विषयगत रुपमा प्रशिक्षण दिएको हो । कार्यक्रम क्याम्पस कमिटी अध्यक्ष प्रशिद्ध रेग्मीको अध्यक्षतामा भएको हो र कार्यक्रा संचालन कमिटी उपाध्यक्ष रामचन्द्र ब्लोनले गरेकाहुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

राष्ट्रिय समाजसेवी प्रा.डा. जगदीश बैद्यकाे समुपस्थितिमा कश्यप गोत्रीय रानाभाट केन्द्रीय प्रतिष्ठानको ` प्रथम साधारण सभा , ऐतिहासिक पुस्तक विमाेचन र दशैं तिहार शुभकामना कार्यक्रम ´ हुँदै

छुटाउनुभयो कि ?

प्रेम दिवस र श्रीमतिको रिप्लाई

प्रेम दिवस र श्रीमतिको रिप्लाई

२०७९ फाल्गुन ४, बिहीबार ०८:१६ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते