फुलपरासिमा निर्मित सामुदायिक अस्पतालको स्वास्थ्य र खानेपानी मन्त्रीद्वयले गरे संयुक्त उद्घाटन

कौडेना, असार १९ : सर्लाहीको कौडेना गाउँपालिका २ फुलपरासिमा मंगलवार नवनिर्मित सामुदायिक अस्पतालको उद्घाटन भएको छ । नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेत र सर्लाही नै गृहजिल्ला भएका खानेपानी तथा सरसफाई मन्त्री महिन्द्र राय यादवले अस्पतालको संयुक्त उद्घाटन गरेका हुन ।

कौडेना गाउँपालिकाद्वारा बिशेष कार्यक्रमसहित मन्त्रीद्वयको हातबाट उद्घाटन गराएको अस्पताल १ करोड ७९ लाख रुपैँयाको लागतमा निर्माण भएको हो । १५ शैयाको अस्पताल उद्घाटन समारोहलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले आफु पदमा रहे सम्म आर्थिक अभावका कारण कुनैपनि बिरामीले अकालमा ज्यान गुमाउनु नपर्ने बताएका थिए । उनले उपचार गराउन नसक्ने विपन्न बिरामीहरुको उपचार हामि आफैले गराउनेसमेत बताए ।

त्यसैगरि खानेपानी तथा सरसफाइ मन्त्री यादवले आफु प्रत्यक्ष निर्वाचित भएको सर्लाहीको निर्वाचन क्षेत्र नं. २ मा हुलाकी सडक, खानेपानी, तथा स्वास्थ्य क्षेत्र, सडक, पुल र तटबन्ध निर्माण लगायतका बिकास निर्माणका कार्यहरुमा भएका प्रगति तथा अवस्थाको बारेमा चर्चा गरेका थिए । मन्त्री यादवले यस भेगका जनतालाई स्वास्थ्य सेवामा सहज पहुँच र सामान्य सेवा बाहेक अतिरिक्त सेवा समेत प्रदान गर्ने उदेश्यका साथ सुबिधा सम्पन्न अस्पतालको निमार्ण तथा सेवा सुचारु भएकोमा खुसि ब्यक्त गरेका थिए ।

फरक प्रसंगमा बोल्दै मन्त्री यादवले अहिलेको गठबन्धनको सरकार ५ वर्षसम्म चल्ने र गठबन्धन सरकारको विकल्प नभएको समेत दाबि गरे । उनले काँग्रेस र एमालेलाई इंकित गर्दै, देशमा सुशासन र संघीय लोकतन्त्रको स्थायित्वका लागि गठन भएको गठबन्धनको सरकारको बिकल्प नै नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0

सिफारिस

छुटाउनुभयो कि ?

रोसन दासको ‘आहाँ बात करु’ रिलिज

रोसन दासको ‘आहाँ बात करु’ रिलिज

२०७९ मंसिर ८, बिहीबार १७:२२ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते