मधेस प्रदेशका पत्रकारले बुधबार चपुरमा विश्व प्रेस स्वतन्त्रता दिवस मनाउने

राैतहट : मधेश प्रदेशभरीका पत्रकारहरूले विश्व प्रेस स्वतन्त्रता दिवस चन्द्रनिगाहपुरमा मनाउने भएका छन ।

मुख्यमन्त्री रामसरोज यादवको प्रमुख आतिथ्यमा मधेश पत्रकारिता सम्मान हस्तान्तरण एवं प्रदेश ऐन र पत्रकारिता विषयक अन्तरक्रिया कार्यक्रमसमेत हुने नेपाल पत्रकार महासंधका प्रदेश अध्यक्ष राजेश कुमार कर्णले बताए ।
नेपाल पत्रकार महासंघ मधेस प्रदेश तथा रौतहट शाखाको संयुक्त आयोजनामा हुने अन्तरक्रिया कार्यक्रममा प्रदेशका ८ वटै जिल्लाका अध्यक्ष तथा २ पत्रकार महिला सहित ६/६ जनाको सहभागिता हुने अध्यक्ष कर्णले बताए । विश्व प्रेस स्वतन्त्रता दिवस(मे ३)को अवसर पारेर सो कार्यक्रम हुन लागेको हो ।

यहि वैशाख २० गते बुधबार बिहान १० बजे जिल्लाको चन्द्रपुर स्थित होटेल अशोकामा हुने कार्यक्रममा प्रदेशको ८ वटै जिल्लाका पत्रकारहरुको सहभागिता रहनेछ । विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३) काे अवसरमा बिहान ८ बजे महासंघ राैतहटकाे अगुवाइमा प्रभातफेरी हुने कार्यक्रम समेत रहेको छ । जिल्लाका सबै सञ्चारकर्मीलाई चन्द्रनिगाहपुरमा हुने प्रभातफेरिमा सहभागिताका लागि नेपाल पत्रकार महासंघ राैतहट शाखाले अनुरोध गरेकाे छ । जसको लागि सम्पूर्ण तयारी पूरा भएको नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष प्रेमचन्द्र झाले बताए ।

कार्यक्रम हुने स्थलमा चन्द्रपुर नगर प्रमुख सन्जय काप्ले,नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दीपेन्द्र चाैहान, केन्द्रीय सदस्य द्वय शिवपुरी र केसि लामिछाने, मधेस प्रदेश महासचिव श्याम बन्जरा, जिल्ला अध्यक्ष, उपाध्यक्षसहितको टोलीलेसोमबार स्थलगत अवलोकन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

फूलजोर पुलमा टिपर दुर्घटना

फूलजोर पुलमा टिपर दुर्घटना

२०७९ चैत्र ९, बिहीबार १३:०७ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते