राैतहटका डाेम जातिमा शिक्षा र सरसफाईका लागि डाेम समुदाय कै अगुवा जनचेतना जगाउन सकृय

राैतहट: परोहा नगरपालिकाको बसन्तपट्टीमा डाेम जातिमा शिक्षा र सरसफाईका लागि सचेत गराउने उदेश्यले विहिबार अन्तरकृया गरिएका छन ।

श्री डोम समुदाय बिकास केन्द्र ( Dcdc) राैतहटको  Nepal नामक संस्थाको आयोजनामा साे अन्तरकृया भएको   संस्थाका अध्यक्ष बिजय मल्ली डाेमले बताए । पराेहा नगरपालिका वडा नम्बर ६ बसन्तपट्टिका  वडा अध्यक्ष  विलास वैठाले रौतहटका डोम बस्ती टोलमा परा पुर्वकाल देखि पछाडी पारिएको बताए । डोम समुदायहरुलाइ शिक्षा तथा सरसफाइ सम्बन्धि जनचेतना मुलक अभियान जिल्लामा अझै तिब्रता दिन जरुरी रहेकोमा स्थानीय तहलाई हातेमालाेका वहाँले अनुराेध गरेका छन ।

कार्यक्रममा आयोजक संस्था डोम समुदाय विकास कार्यक्रमका कोषाध्यक्ष बिरेन्द्र मली   डोमले हामी समुदायको उत्थानका लागि अगाडि आएको छु सबै    पक्षको सकारात्मक सहयोगको अपेक्षा रहेकाे वताए । साे कार्यक्रममा  स्थानीय महिलापुरुष गरि जम्मा ३५ जनाले भाग लिएका थिए ।

सहभागीले आ आफ्ना बाल बालिका लाई  नियमित विधालय पठाउने तथा व्यक्तिगत सरसफाई गर्नुको साथै घर आंगन र टोल सफा राख्ने प्रतिवद्वता समेत गरेका छन । यसका सफलताका लागि आर्थिक तथा कलम, कापी र पोशाक सहयोग गर्न दातृ निकायलाई अनुराेध समेत गरेका छन । जिल्लाका सबै पालिकामा कार्यक्रम सञ्चालन गर्ने जनकारी दिदै गढिमाईको  हथिऔल र माधव नारायण नगरपालिकाको खेसरहियामा केही दिन अगाडि नै सम्पन्न गरेको कोषाध्यक्ष डोमले बताए ।

शिक्षा तथा सर सफाईको साथ साथै विधालय नजाने २० बर्ष भन्दा वढि उमेर भएका महिला पुरुषका लागि शिपमुलक तालिम समेत आयोजना गर्न लागेको उनले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

सुन तोलाको १ लाख १३ हजार ६ सय

सुन तोलाको १ लाख १३ हजार ६ सय

२०८० श्रावण ४, बिहीबार ११:१९ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते