काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन् ।
३ जना उपप्रधानमन्त्री र चार जना मन्त्रीले पनि शपथ लिएका छन् ।
उपप्रधानमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेल, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीक रवि लामिछाने रहेका छन् । पौडेलले अर्थ, श्रेष्ठले भौतिक पूर्वाधार र लामिछानेले गृह मन्त्रालय सम्हाल्नेछन् ।
मन्त्रीहरुमा ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खान छन् । चारै मन्त्रीले पनि शपथ लिएका छन ।
उनीहरुको कार्यभार पछि तोकिनेछ ।
- भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्…
प्रधानमन्त्रीपछिको दोस्रो वरीयतामा विष्णु पौडेल छन ।