मलंगवामा स्कुल बसको ठक्करबाट कबिलासिका दिपेन्द्रको मृत्यु

लालबन्दी : स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा मलंगवामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

स्कुल बसको ठक्करबाट सर्लाहीको कबिलासी नगरपालिका–९ बस्ने १८ वर्षीय दीपेन्द्र महतोको मृत्यु भएको हो। दुर्घटनालगत्तै उनलाई उपचारको लागि प्रादेशिक अस्पताल मलंगवामा पुर्‍याइए पनि चिकित्सकले मृत घोषित गरेका सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठले जानकारी दिए ।

सोही मोटरसाइकलको पछाडि सवार कबिलासी–१० की १७ वर्षीया सबनम गुप्ता र १७ वर्षीया पूजाकुमारी महतोको अवस्था गम्भीर रहेको छ। दुवै जनाको प्रादेशिक अस्पताल मलंगवामा सामान्य उपचारपश्चात थप उपचारको लागि वीरगञ्ज पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

शनिबार बिहान करिब पौने १० बजे मलंगवा नगरपालिका–४ स्थित नवलपुर मलंगवा सडकखण्डमा मलंगवाबाट गमहरियातर्फ जाँदै गरेको ना १ क ४९५१ नम्बरको जेसिस अंग्रेजी आवसीय माध्यामिक विद्यालयको स्कुल बसले भारतीय नम्बर प्लेटको मोटरसाइकललाई ठक्कर दिएको थियो।

ठक्कर दिने स्कुल बस र बसका चालक प्रहरीको नियन्त्रणमा रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

हरिपुर नगरपालिकाको ११ औँ नगरसभा उद्घाटन

हरिपुर नगरपालिकाको ११ औँ नगरसभा उद्घाटन

२०७९ पुष २६, मंगलवार १०:५० गते
छैठौँ वडाकपको तयारी अन्तिम चरणमा

छैठौँ वडाकपको तयारी अन्तिम चरणमा

२०८० आश्विन १९, शुक्रबार १४:५२ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते