महोत्तरी : २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दिबास नगरपालिका–१० बस्ने ४५ वर्षीय सोम बहादुर थिङलाई प्रहरीले पक्राउ गरेको छ ।
थिङले ती महिलालाई बर्दिबास नगरपालिका–१० स्थित खोला झोरा छेउको जंगलमा लगी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
ति महिला मानसिक रुपमा तन्दुरुस्त नभएको र अभियुक्तले घाँस काट्न गएको अवस्थामा जवरजस्ति करणी गरेको जाहेरीमा उल्लेख गरिएको प्रहरीले बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।