काठमाण्डौं : १९ किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना सुडानी नागरिक पक्राउ परेका छन् ।
फ्लाई दुबईको उडानबाट नेपाल आएका सुडानी नागरिक मोहम्मद अहमद डफल्ला साराफेल्डिनलाई हिजो शुक्रवार १९ किलो सुनसहित पक्राउ गरिएको विमानस्थलका प्रहरी प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक श्याम ज्ञवालीले जानकारी दिनुभयो ।
ती सुडानी नागरिककाे लगेज जाँच गर्ने क्रममा भन्सार कार्यालयले शङ्कास्पद वस्तु देखेपछि जाँच गरेको थियो । जाँच गर्दा सुन भन्ने पक्का भएको ज्ञवालीले जानकारी दिनुभयो ।
उनलाई भन्सार कार्यालयले नै आवश्यक कारबाहीको प्रक्रिया अघि बढाउने छ ।