लालबन्दी नगर वाङ्मय परिषद्ले यस बर्ष कृति ‘बाआमा’ र ब्यक्ति ‘पौडेल’लाई पुरस्कृत गर्ने

क्षितिज विश्वकर्मा, लालबन्दी ।

लालबन्दी नगर वाङ्मय परिषद् लालबन्दी, सर्लाहीले ‘लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार –२०८०’ का लागि उत्कृष्ट एक कृति छनोट गरेको छ ।

स्वतन्त्र विज्ञहरूसहितको पुरस्कार छनोट समितिले छनोट गरेका उत्कृष्ट दश कृतिहरूमध्येबाट रामलाल जोशीकृत ‘बाआमा’ आख्यानले ‘लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार–२०८०’ हात पारेको हो । स्वतन्त्र विज्ञहरूसहितको पुरस्कार छनोट समितिले छनोट गरेका कृति मध्य ‘बाआमा’ उत्कृष्ट कृतिको रूपमा सिफारिस भएको परिषद्ले विज्ञप्तिमार्फत जनाएको छ । लालबन्दी नगर वाङ्मय परिषद्ले ‘लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार –२०८०’ का लागि उत्कृष्ट दश कृतिहरू २०८० भदौ ९ गते एक प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरेको थियो ।

त्यसैगरि यसबर्षको ‘लालबन्दी नगर वाङ्मय परिषद् स्थानीय प्रतिभा पुरस्कार –२०८०’ नेपाली भाषा तथा साहित्य सेवक एवं अध्यापक देवराज पौडेलले पाउने भएका छन् । लालबन्दी नगर वाङ्मय स्थानीय प्रतिभा पुरस्कारको राशि रु.१० हजार र लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार –२०८० (राष्ट्रिय) को पुरस्कार राशि रु. ५० हजार रहेको लालबन्दी नगर वाङ्मय परिषद्का अध्यक्ष अच्युत अधिकारीद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेख छ ।

अघिल्लो बर्षको ऐतिहासिक ‘लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार –२०७९’ डा. नवराज लम्सालको कृति ‘अग्नी’ ले प्राप्त गरेको थियो भने ‘लालबन्दी नगर वाङ्मय परिषद् स्थानीय प्रतिभा पुरस्कार २०७९’ संचारकर्मि क्षितिज विश्वकर्मालाई प्रदान गरिएको थियो ।

लालबन्दी नगर वाङ्मय परिषद् लालबन्दी, सर्लाहीले अघिल्लो बर्षबाट यी दुई पुरस्कार वितरण गर्न थालेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

एमाले राष्ट्रको पहरेदार हो– कमल थापा

एमाले राष्ट्रको पहरेदार हो– कमल थापा

२०७९ कार्तिक २, बुधबार ०७:३९ गते
लागुऔषधसहित चिताईनका २ जना पक्राउ

लागुऔषधसहित चिताईनका २ जना पक्राउ

२०८० चैत्र २३, शुक्रबार २२:३९ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते