स्व. गजेन्द्र नारायण सिंह स्मृति पत्रकारिता पुरस्कारबाट खत्री सम्मानीत

लालबन्दी पोस्ट : सर्लाही जिल्लामा सक्रिय रुपमा पत्रकारीता गर्दै आएका जनार्जन खत्री नगदसहित सम्मानीत भएका छन ।

स्व. गजेन्द्र नारायण सिंह स्मृति पत्रकारिता पुरस्कारबाट खत्री सम्मानीत भएका हुन । मंगलवार पत्थरकोटमा सम्पन्न नेपाल पत्रकार महासंघ शाखा सर्लाहीको साधारणसभाको अवशरमा खत्रीलाई नगद १५ हजार ५५५ नगद पुरस्कार राशिसहित दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

खत्री गोरखापत्र बहुभाषी राष्ट्रिय दैनिकको सर्लाही संवाददाता हुन भने रेडियो एकता लालबन्दीका समाचार प्रमुख हुन ।

महासंघको ११ औँ साधारणसभा लालबन्दी नगरपालिका वडा नम्बर १३ पत्थरकोटको छेँडास्थित होलिडे फ्यामिली रिसोर्टमा सम्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

error: Alert: Content selection is disabled!!