गृह मन्त्रालयले भ्रष्टचार बिरुद्वको कामलाई प्राथमिकतामा राखेको छ : उपप्रधान मन्त्री श्रेष्ठ

लालबन्दी : गृह मन्त्रालयले भ्रष्टाचार र भ्रष्टाचारी बिरुद्वको कामलाई प्राथमिकतामा राखेको उप-प्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठले बताउनु भएको छ ।

शनिवार सर्लाही आईपुग्नु भएका उपप्रधान तथा गृह मन्त्री श्रेष्ठले बागमती नगरपालिका–११, स्थित नमुना पहरी बस्ती उद्घाटन समारोहमा यस्तो बताउनु भएको हो । गृह मन्त्रालयले देशमा हुने हरेक किसिमका भ्रष्टाचार र त्यसमा संलग्न भ्रष्टाचारीहरु बिरुद्वका कार्यक्रमलाई प्राथमिकतामा राखेको उहाँको भनाई थियो ।

‘गृह मन्त्रालयको योजना भ्रष्टार नियन्त्रण गर्न जे गर्नु पर्ने हो त्यो गर्ने ।’ उन्ले भने, ‘भष्टाचार नियन्त्रण गर्ने अरु निकाय पनि छन् । तर, गृह मन्त्रालय अन्तरगतको नेपाल प्रहरी र प्रशासनको तर्फबाट गर्न सकिन्छ, भ्रष्टाचार र भ्रष्टाचारीहरुको बिरुद्वगर्ने कामलाई हामीले पहिलो प्राथमिकतामा राखेका छौँ । आमनागरिकले सविधानले दिएको अधिकार र सुरक्षा सुनिष्चत तथा प्रत्याभुतीको लागि हामी अत्यन्त दृढताका साथ लागिरहेका छौँ ।’

उपप्रधान मन्त्री श्रेष्ठले कार्यक्रम मार्फत नमुना पहरी वस्तीका १३ परिवारलाई घरको साचो हस्तान्तरण गर्नु भयो । नदि किनार तथा बन क्षेत्रमा अब्यवस्थित रुपमा बसोवास गर्दै आएका पहरी परिवारलाई प्रदेश सरकार र बागमती नगरपालिकाले लगानी गरेर एकै स्थानमा पक्कि घर निर्माण गरिदिएको हो । पक्कि घर पाएका पहरी परिवार खुसी भएका थिए । बागमती–११, स्थित हरिहर सामुदायिक बन क्षेत्रमा बस्ने उनीहरु नेपालको लोप उन्मुख जाती मध्यका एक हुन् । यसरी लोप उन्मुख जातीको संरक्षणमा नगरले देखाएको तदारुक्ताको उपप्रधान मन्त्री श्रेष्ठले प्रशंसा समेत गर्नुभयो । बसोवास सगैँ उहाँहरुको जिविकोपार्जनमा समेत ध्यानदिन उहाँले नगरपालिका सगँ आग्रह गर्नुभयो ।

उक्त बस्तीमा ७० जनाको संख्यामा पहरी परिवार रहदै आएका छन् । त्यसमध्य केही नगरपालिकाले निर्माण गरिरहेको फनपार्कमा क्षमता अनुसार रोजगारीमा समेत संलग्न रहेका नगरपालिकाले जनाएको छ । केहीले भने बागमती नदिमा माछा मार्ने र त्यसबाट दैनिकी गुजार्ने गरेका स्थानीयको भनाई छ । यस लोपउन्मुख जातीको संरक्षणमा नगरले हरेक हिसावले ब्यवस्थापन गरिरहेको बागमतीका मेयर भरतकुमार थापाले जानकारी दिनुभयो ।

उपप्रधान मन्त्री श्रेष्ठले कार्यक्रमलाई सम्बोधन गर्दै देशमा हुने भ्रष्टाचार, मिटर ब्याज र दलित तथा महिला माथि हुने विभेद सह्य नहुने बताउनु भयो । यस बिरुद्व गृह मन्त्रालय निर्मम ढंगले लागेको उहाँको भनाई थियो । उहाँले सुरक्षा निकायलाई आम नागरिकको पहुचमा पुगेर सेवा दिने गरी कार्य प्रद्धती परिवर्तन गर्न बिषेश निर्देशन दिएको समेत उल्लेख गर्नुभयो ।

‘हामीले नेपाल प्रहरी लगाएतका सुरक्षा संयन्त्रलाई बिषेश निर्देशन दिएका छौँ ।’ उन्ले भने, ‘त्यो भनेको केहो भने, आम जनताको पहुचमा पुगेर सेवा प्रवाह गर्नु भनेको हो । कोही सेवाग्राही सेवा लिन आउदा उनीहरुले समन्वय गर्न नजानेका बिषयमा सहयोग गर्नु भनेका छौँ ।’ श्रमीक, गरिव, निमुखा पहुच नभएका जनतालाई पहिलो प्राथमिकता दिन समेत उन्ले आग्रह गर्नुभयो ।

सेवा लिन जादा कुनै किसिमको विभेद भए वा आफुना कुरा सुनुवाई नभए तत्काल उजुरी गर्न समेत उन्ले आग्रह गर्नुभएको हो । त्यस अनुसार कामगर्ने गृह मन्त्रालयले तयारी गरेको बताउनु भयो । सम्बोधनका क्रममा उन्ले मिटिर ब्याजी बिरुद्ध मन्त्रालय कडारुपमा प्रस्तुत भईरहेको उहाँको भनाई छ । सोही बिषयमा आईतवार जनकपुरमा कार्यलय स्थापना गरिने समेत जानकारी दिनुभयो ।

रिवन काटेर पहरी वस्तिीको उद्घाटन गरेका उपप्रधान तथा गृह मन्त्री श्रेष्ठ पहरी परिवार सगँको सहभोजमा समेत सहभागि हुनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

भक्तपुरमा चिनियाँ नेता ली

भक्तपुरमा चिनियाँ नेता ली

२०७९ भाद्र २९, बुधबार ०७:१६ गते
सर्लाहीका डिएसपी कैलास राईको सरुवा

सर्लाहीका डिएसपी कैलास राईको सरुवा

२०८० भाद्र १६, शनिबार ०७:१६ गते
लालबन्दी बजार सफाइ अभियान सुरु

लालबन्दी बजार सफाइ अभियान सुरु

२०८० बैशाख १६, शनिबार १३:५२ गते
अखिलको २३औँ महाधिवेशनको आजबाट सुरु हुँदै

अखिलको २३औँ महाधिवेशनको आजबाट सुरु हुँदै

२०७९ फाल्गुन २, मंगलवार ०८:२० गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते