श्रृजनशील लघुवित्तको आइपीओमा १९ लाख बढीले गरे आवेदन, पर्ने सम्भावना कति

श्रृजनशील लघुवित्त वित्तीय संस्थाले भदौ १५ गते बुधबारदेखि निष्काशन गरेको शेयरमा १९ लाख बढीको आवेदन परेको छ ।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार आइतबारसम्ममा १९ लाख ५ हजार १८६ जना आवेदनबाट २ अर्ब ९ करोड ६४ लाख ५ हजार रुपैयाँ बराबरको २ करोड ९ लाख ६४ हजार ५० कित्ता शेयरको लागि आवेदन परेको हो ।

लघुवित्तले जारी पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँको ३६ प्रतिशतले हुन आउने ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता शेयर निष्काशनमा ल्याएको थियो ।

त्यसमध्ये ०.५ प्रतिशत आर्थत ५ हजार ४७० कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात १९ हजार ६९० कित्ता शेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहने ३ लाख ६८ हजार ५९० कित्ता सर्वसाधारणमा बिक्रीमा ल्याएको थियो।

आइतबारसम्म लघुवित्तको आइपीओमा आवेदन गर्ने अन्तिम दिन हो। बेलुका पाँच बजेसम्मको तथ्याँक हेर्दा कुल आवेदकमध्ये १५ लाख ३६ हजार ५९६ आवेदकको हात खालि हुने देखिन्छ। तर यसमा भौतिक रुपमा आवेदन गरेका केहि आवेदकको आवेदन थप हुन सक्छ भने केहि आवेदन रद्द हुन सक्छ। यसमा अन्तिम तथ्याँक भने केहि फरक पर्न सक्छ।

लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ भने बिओके क्यापिटलले लिमिटेड रहेको छ ।

लघुवित्तको आईपीओलाई क्रेडिट रेटिङ्ग एजेन्सी केयर रेटिङ्गस नेपाल लिमिटेडले ‘केयरनपी डबल बी माइनस इन्युअर’ रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

आज माघ १ गते आइतवारको दैनिक राशिफल

आज माघ १ गते आइतवारको दैनिक राशिफल

२०७९ माघ १, आईतवार ०६:४८ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते