गोडैतामा ट्याक्टरको ठक्करबाट एकको मृत्यु, एक घाईते

लालबन्दी : सर्लाहीको दक्षिण पश्चिममा पर्ने गोडैतामा बिहिवार दिउँसो ट्याक्टरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । अर्का एक घाईते भएका छन ।

गोडैता नगरपालिकाको वडा नम्बर १० झगरु चोकस्थित भित्री सडकमा बालुवा बोकेको ट्याक्टरले मोटरसाईकललाई ठक्कर दिएको थियो । ना१त ७६७८ नम्बरको ट्याक्टरले ज२प ४५२ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल पछाडि बसेका चन्द्रनगर ६ कामद बिर्ताका बर्ष २६ का छेकन बैठाको मृत्यु भएको हो ।

सोहि ठाउँका मोटरसाईकल चालक बर्ष २३ का रविशंकर भनिने छेदि बैठा गम्भिर घाईते भएका छन । उनको शरिरको बिभिन्न भागमा चोट लाग्नुका साथै दाहिने खुट्टाको तिघ्राको हड्डि भाँचिएको प्रहरीले जनाएको छ । उनको उपचारका लागी पठाईएको छ ।

मृतक बैठाको कम्मरदेखि पेटसम्म २ ईन्च काटिएको र नाक र कानमा चोट लागी गम्भिर घाईते भएको अवस्थामा उपचारका लागी प्रादेशिक अस्पताल मलंगवामा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते