आफ्नै विद्यार्थीलाई जबरजस्ति गर्न खोज्ने शिक्षक पक्राउ

लालबन्दी । सर्लाहीको हरिवनमा आफ्नै विद्यार्थीलाई जबरजस्ती करणी प्रयास गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन । हरिवन नगरपालिका–११, घर भइ हरिवन–१०, क्याम्पस टोलमा रहेको मोडल युरिका बोर्डिङ स्कुलमा कार्यरत शिक्षक ४२ वर्षीय रवीन कार्कीलाई प्रहरीले जबरजस्ती करणी प्रयास गरेको आरोपमा पक्राउ गरेको हो ।

पीडितका अनुसार घरमा कोही नभएको मौका छोपेर शिक्षक कार्कीले गएको बुधबार किशोरीको घर पुगेर किशोरीलाई जबर्जस्ती करणीको प्रयास गरेका थिए । प्रहरी अनुसन्धानको क्रममा शिक्षक कार्कीले किशोरी माथि जबर्जस्ती करणी गर्ने प्रयास गरेको खुलेको प्रहरीले जनाएको छ ।

पीडित पक्षको उजुरीको आधारमा कार्कीलाई पक्राउ गरेर बिहीबार सर्लाही जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय हरिवनका इन्सपेक्टर अनिल गिरीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

छुटाउनुभयो कि ?

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते