सर्लाही प्रहरीद्वारा श्रोत नखुलेको साँढे २२ लाख रुपैँया बरामद

सर्लाही प्रहरीले श्रोत नखुलेको साँढे २२ लाख रुपैँया बरामद गरेको छ । गएको पुस महिनामा मात्रै १२ लाख ४५ हजार बरामद गरेको प्रहरीले माघ ४ गते थप १० लाख ३३ हजार बरामद गरेको हो ।

गएको पुस २९ गते दिउँसो भारतको बिहार बस्ने २९ बर्षिय राहुल महतोलाई सदरमुकाम मलंगवा २ मा चेकजाँच गर्दा २ लाख बरामद गरेको प्रहरीले सोहि दिन बेलुकी नेपालबाट भारततर्फ जाँदै गरेकाहरुबाट १० लाख ४५ हजार बरामद गरेको थियो । बा०१ ०२५च १७९४ नम्बरको कारमा सवार काठमाण्डौँ कागेश्वरी मनोहरा बस्ने बर्ष २६ का प्रल्हाद चापागाईं, २७ बर्षिय सनम बस्नेत, ४७ बर्षिय श्रीकृष्ण बस्नेत र शिव चापागाईंको साथबाट श्रोत नखुलेको रकम बरामद भएको हो ।

त्यसैगरि यहि माघ ४ गते बेलुकी सर्लाहीको गोडैना नगरपालिका १२ मधुवनिबाट भक्तपुरको सुर्यबिनायक २ बस्ने बर्ष ४६ का तारानिधि पन्त, काभ्रेपलाञ्चोकको पाँचखाल १३ का बर्ष ३४ का श्रवण त्रीपाठिको साथबाट १० लाख ३३ हजार बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी बिजय श्रेष्ठले बताए ।

श्रोत नखुलेको नगदसहित पक्राउ परेकाहरुलाई बैंक तथा बित्तिय संस्था सम्बन्धि ऐन २०७३ को दफा १०३ बमोजिम अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

कोशी ब्यारेजका ५६ वटै ढोका खोलियो

कोशी ब्यारेजका ५६ वटै ढोका खोलियो

२०८१ असार २३, आईतवार १०:४६ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते