बिद्युत प्राधिकरण लालबन्दी वितरण केन्द्र मधेश प्रदेशकै उत्कृष्ट

सर्लाही । नेपाल विद्युत् प्राधिकरणको लालबन्दी वितरण केन्द्र मधेश प्रदेशकै उत्कृष्ट वितरण केन्द्र बनेको छ ।

चुहावट नियन्त्रणमा उल्लेख्य प्रगति र पुरानो बक्यौता रकम संकलनमा पनि अब्बल देखिएपछि यस वितरण केन्द्रले प्राधिकरणको ३८ औँ स्थापना दिवसको अवसरमा काठमाडौंमा सम्मान प्राप्त गरेको हो । उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्तिबहादुर बस्नेतले लालबन्दी वितरण केन्द्रका प्रमुख सन्जिवकुमार साहलाई हिजो काठमाडौंमा आयोजित स्थापना दिवस समारोहमा कदरपत्रसहित सम्मान गर्नुभयो ।

मन्त्री बस्नेत, मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हस्ताक्षर गरी प्रदान गर्नुभएको कदरपत्रमा विद्युत चोरी नियन्त्रणमा उल्लेख्य भूमिका खेली वार्षिक विद्युत् चुहावटमा लक्ष्य भन्दा बढी प्रगति हासिल गरेको, बक्यौता असुली, छुट बिलिङमा महत्वपूर्ण प्रगति हाँसिल गरेकाले वितरण केन्द्रलाई सम्मान गरिएको उल्लेख छ ।

यो वितरण केन्द्रले गत आर्थिक वर्षमा कालोसूचीमा परेका ग्राहकबाट बक्यौता रकम संकलन कार्य जारी राख्यो भने विद्युत् चुहावट १५ प्रतिसतमा झारेको छ ।

यता आफु मातहत रहेको कार्यालय उत्कृष्ट भएपछि लालबन्दी वितरण केन्द्र प्रमुख ई. सन्जीव कुमार शाहले केन्द्रलाई अब्बल दर्जामा स्थापित गराउन भुमिका खेल्ने कर्मचारी, पत्रकार तथा ग्राहकवर्गमा धन्यवाद ब्यक्त गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया