‘ताम्सालिङ जागरण अभियान’ सर्लाहीबाट सुरु

‘ताम्सालिङ जागरण अभियान’ मधेस प्रदेशको सर्लाही जिल्लाबाट सुरुवात गरिएको छ । बुधबार सर्लाहीको हरिवनमा ‘ताम्सालिङ प्रदेश निर्माणका लागि सबै एकजुट हौँ’ भन्ने नारा सहित तामाङ र ताम्सालिङ निर्माण सम्बन्धी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

नेपाल तामाङ घेदुङ सर्लाहीको आयोजना तथा नगर घेदुङ हरिवनको व्यवस्थापनमा ताम्सालिङ जागरण अभियान अन्तर्गत पहिलो चरणको प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम गरिएको जिल्ला घेदुङले जानकारी दिएको छ । कार्यक्रमको प्रमुख अतिथि एवम् घेदुङ संघीय अध्यक्ष मोहन गोलेले सहभागीलाई प्रशिक्षण दिएका थिए । गोलेले प्रशिक्षणको क्रममा ताम्सालिङको आवश्यकता, औचित्य, अवधारणा, आगामी कार्ययोजना र उद्देश्य माथि प्रस्ट पारेका थिए । बर्तमान सत्ताबाट तामाङ जनताको पहिचान, प्रतिनिधित्व र पहुँच सम्भव नभएकोले ताम्सालिङ नै राष्ट्रिय मुक्तिको एकमात्र विकल्प रहेको कुरालाई जोड दिँदै उनले सबैलाई ताम्सालिङ अभियानमा जुट्नका लागि आव्हान समेत गरे ।

कार्यक्रममा ताम्सालिङ संयुक्त संघर्ष समितिका सचिवालय सदस्य बाबुराम लोप्चन, घेदुङका मधेस प्रदेश अध्यक्ष यम लाल गोले, संघीय सदस्यहरु जयमान पाख्रिन, निशा मोक्तान, पाल्साङ योन्जन, प्रदेश उपाध्यक्ष संजीव मोक्तान, एकीकृत समाजवादी पार्टीका सर्लाही जिल्ला अध्यक्ष सुरेन्द्र लामा, बागमती नगरपालिकाकी उप–प्रमुख लिला कुमारी मोक्तान, हरिवन नगरपालिकाकी उप–प्रमुख हरिमाया घलान, बागमती नगरपालिका २ र ७ का वडा अध्यक्ष क्रमश टेक बहादुर बल र दुर्गा लामा, हरिवन नगरपालिका २ र ३ का वडा अध्यक्ष क्रमश अर्जुन योञ्जन र दिपमान लोप्चन, कार्यपालिका सदस्य चिनीमाया सिङ्तान, माओवादी केन्द्रकी नेतृ पद्मा दोङ, नेपाली कांग्रेसकी नेतृ सोनी कुमारी बोम्जन, धनुषा, महोत्तरी, सर्लाही र रौतहटबाट उपस्थित घेदुङका विभिन्न तहका अभियन्ता, विभिन्न राजनीतिक दलका प्रतिनिधि, शिक्षक, समाजसेवी, बुद्धिजीवी लगाएतको बाक्लो उपस्थिति रहेको थियो ।

घेदुङ अध्यक्ष बुद्ध लामाले अध्यक्षता गरेको कार्यक्रममा संघीय सदस्य जयमान पाख्रिनले स्वागत मन्तव्य राखेका थिए भने हरिवन नगर अध्यक्ष राजु लोले कार्यक्रम सञ्चालन गरेका थिए । अभियान अन्तर्गत बिहीबार रौतहटको चन्द्रपुरमा कार्यक्रम रहेको घेदुङले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

रियल मड्रिडको पुनरागमन जित

रियल मड्रिडको पुनरागमन जित

२०८१ श्रावण २०, आईतवार २१:४० गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते